गोदावरी मेलाको समय थप, टिकटबाट संकलित रकमको ५० प्रतिशत भूकम्प पीडितलाई
काठमाडौं । ललितपुरको जावलाखेलमा गत मंगलबारदेखि जारी गोदावरी फूल मेला एक दिन थप गरिएको छ । उपभोक्ताको माग बढेकाले मेला आइतबारसम्म लम्ब्याइएको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले जनाएको छ ।
आइतबार मेलामा टिकट बिक्रीबाट उठेको रकमको ५० प्रतिशत रकम जाजगरकोट र रुकुमपश्चिमका भूकम्पपीडितका लागि उपलब्ध गराइने एसोसिएसनले जनाएको छ । ‘जावलाखेल खेल मैदान ललितपुरमा जारी १६ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको मेला अवधि एक दिन थप गर्दै कार्तिक १९ गते आइतबार बेलुका ५ः०० सम्म मेला जारी रहने जानकारी गराउँछौँ,’ एसोसिएसनले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘आइतबारको मेलाको टिकटबाट हुने आम्दानीको ५० प्रतिशत रकम जाजरकोट तथा पश्चिम रुकुम क्षेत्रमा गएको भूकम्प पीडितको उद्धार तथा सहयोगका लागि नेपाल सरकारको कोषमा जम्मा गरिने जानकारी गराउँदछौँ ।’
एसोसिएसनले आफ्ना सदस्य तथा आम नागरिकलाई भूकम्पपीडितको राहतका लागि आ–आफ्नो स्थानबाट सहयोग गर्नसमेत अपिल गरेको छ । एसोसिएसन मुख्य आयोजक तथा पुष्प विकास केन्द्र सह–आयोजक रहेको प्रदर्शनीमा कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्रको सहयोग रहेको छ भने सेवा कोकोपिटले प्रयोजन गरेको छ । प्रदर्शनीमा व्यावसायिक स्टल ६१, प्रतियोगितात्मक स्टल दुई, फ्लावर सजावट स्टल दुई र सूचनामूलक पाँचलगायत गरी ७० वटा स्टल रहेका छन् । यस गोदावरी फूलको प्रदर्शनीमा ४० हजार बढीले प्रत्यक्ष अवलोकन गर्ने साथै एक करोडभन्दा बढीको व्यावसायिक कारोबार हुने अपेक्षा आयोजकले गरेको छ ।
शनिबार बिहान स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, कृषि तथा पशुपन्छी मन्त्रालयका सहसचिवलगायत सरकारी उच्च पदस्थ अधिकारीले मेला अवलोकन गरेका छन् । बिहानैदेखि मेलामा अन्य दिनभन्दा अत्यधिक भीड लागेको छ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ चलिरहेको मेलाको चौथो दिन (शुक्रबार) सम्म ३१ हजारले मेला अवलोकन गरेका छन् भने ७७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको एसोसिएसनले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8
ताजा अपडेट
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया