भूकम्पबाट घाइते भएकाको उद्धारमा लाग्न महासंघको आह्वान
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले भूकम्प प्रभावित क्षेत्र र त्यस आसपासमा रहेका निर्माण स्थलका निर्माण कम्पनीहरूलाई यन्त्र उपकरणसहित तत्काल उद्धार तथा पुनस्र्थापना कार्यमा जुट्न आह्वान गरेको छ ।
महासंघले शनिबार एक विज्ञप्ति जारी गर्दै समग्र मुलुक नै एक भएर घाइतेहरूको उद्धारमा जुट्न आवश्यक भएकाले सो कार्यमा लाग्न निर्माण व्यवसायीलाई आग्रह गरेको हो ।
जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नम्बर १ रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको विनाशकारी भूकम्पका कारण जाजरकोट र पश्चिम रुकुमलगायतका जिल्लामा भएको ठूलो मानवीय एवम् भौतिक क्षतिबाट आफू स्तब्ध एवम् मर्माहत भएको महासंघले जनाएको छ । महासंघले विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।
यस्तै, भूकम्पमा परेका सबै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारको भरपर्दो व्यवस्था मिलाउन सरकारलगायतका सम्बन्धित सबै निकायको ध्यानाकर्षण गराएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- प्रधानन्यायाधीशद्वारा नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई शपथ
- जिल्ला अदालत कास्कीद्वारा सहकारीका सञ्चालकसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी
- झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल-भारत सीमा स्तम्भको मर्मत सुरु
- रसुवागढी नाकाबाट चार महिनामा आठ जना पक्राउ
- हुम्ला र मुस्ताङमा बिहानैदेखि हिमपात सुरु
- सबै कम्युनिष्ट शक्ति एक हुन जरुरी : महासचिव गुरुङ
- सातदोबाटोमा नेपाली जुत्ताघर सञ्चालन
- प्रभु क्यापिटलका ग्राहकलाई मेरिना इम्पेक्समा छुट
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया