एक्युफिट स्मार्टवाचको अफर
काठमाडौं । टेक स्टुडियो प्रालिले एक्युफिट स्मार्टवाचको हरेक खरिदमा निःशुल्क मोबाइल फोन पाइने अफर सार्वजनिक गरेको छ । कम्पनीले तिहारका लागि यो विशेष योजना घोषणा गरेको हो ।
यस योजनाले प्रत्येक मोडेल एक्युफिट स्मार्टवाचको खरिदमा निःशुल्क मोबाइल फोन प्रदान गर्ने कम्पनीको भनाइ छ । यो योजनाका लागि एक्युफिट डब्लु१६, एक्युफिट डब्लु १८ (म्याक्स जीटी) र एक्युफिट डब्लु २० (कस्मिक प्लस) मोडलहरू चयन गरिएको छ । यी स्मार्टवाचहरूको प्रस्ताव मूल्य क्रमशः तीन हजार नौ सय ९९, चार हजार नौ ९९ र छ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार एक्युफिट डब्लु १६ को खरिदसँग, केजीटेल १०५ मोबाइल फोन निःशुल्क प्रस्ताव गरिएको छ ।
यसैगरी एक्युफिट डब्लु १८ (म्याक्स जीटी) को खरिदमा केजीटेल १०६ मोबाइल फोन निःशुल्क र केजीटेल दुई सय ४३ मोबाइल फोन एक्युफिट डब्लु २० (कस्मिक प्लस) को खरिदमा निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
केजीटीईएल १०५, १०६ र २४३ मोबाइलको बजार मूल्य क्रमशः एक हजार पाँच सय, एक हजार आठ सय र दुई हजार रुपैयाँ तोकिएको छ । यो योजना बुधबारदेखि सुरु भएको र कात्तिक २४ गतेसम्म मात्र मान्य हुने जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- कोशीमा बजेट विधेयक पारित
- कुटपिटबाट २६ वर्षीय युवाको मृत्यु, घटनामा संलग्न सात जना पक्राउ
- राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट
- इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट
- हजार र पाँच सयका नक्कली नोटसहित एक युवा पक्राउ
- तीन महिने अभियानलाई जसपाले निरन्तरता दिने
- मङ्सिर २३ गते परराष्ट्रमन्त्री साउद कतार जाँदै
- ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
तपाईको प्रतिक्रिया