अपाचे आरटीआरको विशेष संस्करण सार्वजनिक हुँदै
काठमाडौं । टीभीएस अपाचे आरटीआर १६० भी फोर एफआईको विशेष संस्करण नेपालमा सार्वजनिक हुने तयारीमा रहेको छ । टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले अपाचे आरटीआर १६० भी फोर एफआईको विशेष संस्करण नेपाल सार्वजनिक गर्ने तयारी गरेको हो ।
अपाचे आरटीआर १६० भी फोर एफ आई सेग्मेन्टमा ग्राहकहरूका लागि थप छनोटको विकल्प दिने उद्देश्यका साथ विशेष संस्करण ल्याउने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ । अपाचे आरटीआर १६० भी फोर एफआईको विशेष संस्करणमा कम्पनीले सेग्मेन्टमै पहिलोपटक विभिन्न थप फिचर पनि उपलब्ध गराउने भएको छ । कम्पनीले सेग्मेन्टमै पहिलोपटक तीन राइडिब मोड तथा समायोजनको सुविधासहितको ह्यान्ड ब्रेक लिभर र क्लच लिभर पनि उपलब्ध गराउने सम्भावना प्रबल रहेको छ । साथै, अद्वितीय डिजाइनमा हल्का र लाउडर बुल्पुप एक्जस्टसँगै टीभीएसका उपभोक्ताले बाटो र मौसमको आवश्यकताअनुसार ड्राइभिङ मोड छनोट गर्न सक्नेछन् ।
अपाचे आरटीआर १६० भी फोर एफआईको विशेष संस्करणलाई स्पोर्टी बडी डिलक्स र स्पेसल कलर थिममा तयार गरिएको कम्पनीको भनाइ छ । जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुई पाङ्ग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर एक सय ४० भन्दा बढी डिलरहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर
- सङ्घीयतामार्फत नै देश समृद्ध हुन्छ: सभापति देउवा
- भूकम्पपीडित नागरिकको पीडालाई अनुभूति गर्न आए: अध्यक्ष ओली
- पोखरामा दुई दिन ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
- केन्द्रीय कारागार सुन्धारामा दुई सय ६१ विदेशी कैदीबन्दी
- भ्रष्टाचार मुद्दाका पाँच जना फरार व्यक्ति पक्राउ
- आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ
- रमेश कर्प र बोनजोय ट्राभलबीच सम्झौता
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया