भायानेटको ‘रेफर ४ फ्रेन्ड्स एन्ड विन बिग’ अफर
काठमाडौं । भायानेट कम्युनिकेसनले आफ्नो नयाँ रोमाञ्चक अफर ‘रेफर ४ फ्रेण्ड्स एन्ड विन बिग’को घोषणा गरेको छ । यसअन्तर्गत चारजना साथी वा परिवारका सदस्यलाई रेफर गर्ने ग्राहकले चार महिनाको निःशुल्क इन्टरनेटका साथै अल्टिमा इयरबडहरू पनि निःशुल्क प्राप्त गर्न सक्ने बताइएको छ ।
कम्पनीका अनुसार यो अफर भायानेटको पहिले नै लोकप्रिय भइसकेको चाडपर्व अफर ‘चाडमा चौका’ अभियानको विस्तारको रूपमा आएको हो । ‘चाडमा चौका’ अफरअन्तर्गत भायानेटले नयाँ किफायती इन्टरनेट प्याकेजहरू प्रतिमहिना भ्याटबाहेक सात सय रुपैयाँ र ग्राहकलाई अल्टिमा वायरलेस इयरबडहरू तथा हिमस्टार होम एप्लिएन्सहरूमा ५० प्रतिशत छुट प्रदान गर्नेछ । कात्तिक १६ गतेबाट सुरू भएको यो योजना मङ्सिर ९ मा अन्त्य हुने बताइएको छ । यो नयाँ अफरमा सहभागीहरूले निःशुल्क अल्टिमा एटम १९२ वायरलेस इयरबड्स, आफ्नो लागि चार महिनाको निःशुल्क इन्टरनेट र रेफर गरिएकाको लागि एक महिनाको निःशुल्क इन्टरनेट पाउनेछन् ।
भायानेट कम्युनिकेसनकी सीईओ सेवा पाठकले यस अफरले ग्राहकहरूलाई उच्च गतिको इन्टरनेट प्राप्त गर्न, निःशुल्क वायरलेस इयरबडको आनन्द लिन र आफ्ना प्रियजनसँग भायानेटको विशिष्ट अनुभव बाँड्न सघाउने बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 9
ताजा अपडेट
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ केजी सुनसहित गोरखाका घले पक्राउ
- मिटरब्याजीले लिएको सात कठ्ठाबढी जग्गा छलफलबाट फिर्ता
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया