भाइटीका थिममा एनसेलको लघु–चलचित्र प्रतियोगिता
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले चलचित्रमार्फत दाजु–बहिनी, दिदी–भाइको विशेष सम्बन्ध चित्रण गर्न भाइटीकाको थिममा लघु–चलचित्र प्रतियोगिताको आयोजना गरेको छ । यस प्रतियोगितामा आकर्षक कथा र प्रस्तुतिमार्फत दर्शकलाई प्रेरित गर्ने खालको चलचित्र बनाउन सक्ने सबै इच्छुक व्यक्ति वा समूहले भाग लिन सक्छन् ।
यस प्रतियोगितामा सहभागी हुन इच्छुक सबैले दिदी–भाइहरूको हृदयस्पर्शी सम्बन्धलाई तीनदेखि पाँच मिनेटको भिडियो अर्थात् चलचित्रमा सुन्दर ढंगमा प्रस्तुत गरेको हुनुपर्छ । भिडियोको कथामा एनसेलको सरप्राइज योजना, रिचार्ज, डेटा वा भ्वाइस प्याक प्रयोगका बारेमा एक वा बढी तत्वहरू समावेश गरी ‘हामी तपाईंकै लागि’ विषयवस्तुको वरिपरि घुमेको हुनुपर्छ । उल्लेखित सबै कुरालाई ध्यानमा राखी सहभागीहरूले दिदी–भाइबीचको सुमधुर सम्बन्धलाई मन छुने प्रस्तुतिमार्फत उजागर गर्दै आफ्नो कलाकारीतामार्फत निर्णायक मण्डलको मन जितेर पुरस्कार जित्ने मौका पाउनेछन् । यस प्रतियोगितामा प्रथम हुने व्यक्ति वा समूहले एक लाख, दोस्रो हुनेले ७५ हजार र तेश्रो हुनेले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
प्राप्त सबै भिडियोमध्ये छानिएका भिडियोहरू भाइटीकाको दिन एनसेलको सोसल मिडिया प्लेटफर्महरूमार्फत सार्वजनिक गरिने आजियाटाले जनाएको छ । निर्देशक, निर्माता तथा अभिनेता आशिफ शाह, मल्टिमिडिया स्टोरीटेलर तथा द रेकर्ड नेपालको निर्माता साहाना बज्राचार्य र फिल्म निर्माता अविन भोको एक निर्णायक मण्डलले यस प्रतियोगितामा प्राप्त भिडियोहरूको समीक्षा र मूल्याङ्कन गर्नेछ । यस प्रतियोगिताका विजेताहरू कार्तिक २९ गते भाइटीकाको दिन घोषणा गरिने कम्पनीले जनाएको छ । सहभागी हुन इच्छुकहरूले यस प्रतियोगिताको भिडियो कार्तिक २३ गतेसम्म बुझाउन सक्नेछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
- विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु
- सेयर बजार करेक्सन, सुचक तथा कारोबार रकम दुबै बढ्यो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया