जगदम्बा मोटर्सले महाएक्सचेन्ज महोत्सव गर्ने
काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले महाएक्स्चेन्ज महोत्सव उमंगैउमंगको आयोजना गर्ने तयारी गरेको छ । महाएक्स्चेन्ज महोत्सव उमंगैउमंगको महोत्सव काठमाडौंको भृकुटी मण्डपमा नोभेम्बर ७ देखि ११ सम्म आयोजना हुने कम्पनीले जानकारी दिएको छ ।
महोत्सवकै माध्यमबाट कम्पनीले आपाचे आरटीआर १६० फोरभी एफ आई सई पनि सार्वजनिक गर्ने कम्पनीले तयारी गरेको छ । सवारी साधनमा उत्कृष्ट गुणस्तरको प्रतिबद्धता र उत्कृष्ट उपभोक्ता अनुभवका लागि परिचित जगदम्बा मोटर्सले महाउत्सवका रूपमा मनाउन महोत्सवको आयोजना गर्न लागेको हो । महाएक्स्चेन्ज महोत्सव उमंगैउमंगको महोत्सवमा उपभोक्ताले कुनै पनि ब्राण्डको पुरानो बाइक वा स्कुटरको एक्स्चेन्ज गर्दा विभिन्न सुविधा तथा अफरहरू हात पार्न सक्नेछन् । उपभोक्ताले मेलामार्फत आफ्ना पुराना बाइक वा स्कुटरको एक्स्चेन्ज गर्दा ५० हजार रुपैयाँसम्मको एक्स्चेन्ज भ्यालु एडिसन, नकिन्दा एक लाख र किन्दा पाँच लाखसम्मको क्यास डिस्काउन्ट र साथै बम्पर उपहारमा १० लाख रुपैयाँ नगद जित्ने अवसर समेत प्राप्त गर्नेछन् ।
साथै, २५ प्रतिशतसम्मको न्यून डाउन पेमेन्ट, हेल्मेट, बाइक कभर र ब्यागलगायत फ्रि एक्सेसरिजको सुविधा पनि महोत्सवमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार यीलगायत सम्पूर्ण सुविधाका साथै शून्य प्रतिशत ब्याजदरमा नयाँ बाइक खरिद गर्ने अफर पनि महोत्सवमा उपलब्ध हुने आयोजकले जनाएको छ । महाएक्स्चेन्ज मेला, उमंगैउमंगको नयाँ सवारी सार्वजनिकका साथै आकर्षक एक्सचेन्ज अफरका साथै उपहारहरूको पनि व्यवस्था गरेको छ । मोटरसाइकलका पारखीहरूले यो अवसर छुट्याउ नै नहुने कम्पनीको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- नरैनापुरमा सामुदायिक महिला स्वयंसेविका दिवस
- समसामयिक राजनीतिक व्यङ्ग्य
- एनसेल प्रकरणमा सरकार पक्ष प्रतिरक्षामा
- विदेश भ्रमणमा सरकारको कीर्तिमानी ब्रह्मलुट
- कोरियाको निर्माण र सेवा क्षेत्रमा नेपालीलाई रोजगारी
- लाभांश घोषणामा ढिलाइ
- उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर
- सङ्घीयतामार्फत नै देश समृद्ध हुन्छ: सभापति देउवा
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया