आठौँ रियल स्टेट एक्स्पो पुस १२ गतेदेखि हुने
काठमाडौं । नेपाल जग्गा तथा आवास विकास संघले आगामी पुसमा आठौँ रियल इस्टेट एक्स्पो २०२३ आयोजना गर्ने भएको छ । संघले मंगलबार पत्रकार सम्मेलन गरी पुस १२ गतेदेखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा एक्स्पो आयोजना गर्न लागेको जानकारी दिएको हो ।
नेपालमा आवास तथा जग्गा विकासकर्ताहरूको प्रतिनिधित्व गर्ने मुख्य संस्थाको रूपमा रहेको संघले विगतमा सातवटा रियल इस्टेट एक्स्पो सफलतापूर्वक आयोजना गरिसकेको जनाएको छ । नेपाल जग्गा तथा आवास विकास महासंघ प्रवद्र्धक भई ललितपुर जग्गा तथा आवास विकास संघ र भक्तपुर जग्गा तथा आवास विकास संघको सहआयोजना तथा सिन्थेसिस एण्ड इभेन्ट्स प्रालिको व्यवस्थापनमा यो आठौँ एक्स्पो आयोजना हुन लागेको हो । एक्स्पोमा करिब एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । एक्स्पो रियल इस्टेट क्षेत्रका विकासकर्ता र उपभोक्ताहरूबीच एकै स्थलको भेटघाट विन्दु हुने बताइएको छ । विकासकर्ताहरूले आफ्ना नयाँ उत्पादनहरू उपभोक्तालाई प्रदर्शन गर्नेछन् भने उपभोक्ताले नेपालको आवास तथा जग्गा विकाससम्बन्धी समग्र पक्षहरूबारे पर्याप्त जानकारी प्राप्त गर्नेछन् ।
नेपालमा घरजग्गा बजार र घर खरिदकर्ताहरूलाई लक्षित गरी यो एक्स्पो हुन लागेको भए पनि यसले रियल इस्टेट क्षेत्रको सम्पूर्ण व्यावसायिक र व्यापारिक सम्पत्ति, वास्तुकला, निर्माण, भवन, इन्जिनियरिङ, बैंकिङ र बीमा कम्पनीहरूसहित राष्ट्रिय अन्तर्राष्ट्रिय प्रदर्शक समेतको सहभागिता हुने आयोजकले जनाएको छ । एक्स्पोमा अपार्टमेन्ट र टाउन हाउस कम्प्लेक्स, घडेरी जग्गा, बत्ती तथा विद्युतीय फिक्स्चर, फर्निचर र फर्निसिङ, सिरेमिक, फोहोर व्यवस्थापन, घर जग्गा एजेन्ट, निर्माण सामग्री आपूर्तिकर्ता र वितरक, निर्माण उपकरण तथा सेवाहरू समावेश छन् । साथै, यस एक्स्पोमा इच्छुक उद्यमीहरूको चाहनाबमोजिमका सेवाहरू पनि उपलब्ध गराइने बताइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 12
ताजा अपडेट
- पत्रकार महिला क्षमता अभिवृद्धि तालिमको उद्घाटन
- सामान्य अंकले आर्लियो सेयर बजार
- इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टि आर एस लोजिपार्कबीच सम्झौता
- ११ कार्टुन सुकमेल सुख्खा बन्दरगाह भन्सारबाट चोरी
- प्रधानन्यायाधीशद्वारा नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई शपथ
- जिल्ला अदालत कास्कीद्वारा सहकारीका सञ्चालकसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी
- झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल-भारत सीमा स्तम्भको मर्मत सुरु
- रसुवागढी नाकाबाट चार महिनामा आठ जना पक्राउ
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया