सुरक्षा मापदण्डमा बीवाईडीका डल्फिन र सिलले पाए फाइभ स्टारको मूल्याङ्कन
काठमाडौं । अस्ट्रेलियाको नयाँ कारको मूल्याङ्कन गरिने कार्यक्रम (एनक्याप)अन्तर्गतको नवीन एनक्याप परीक्षण मापदण्डअनुसार बीवाईडीका डल्फिन र सिलले फाइभ स्टारको मूल्याङ्कन प्राप्त गरेका छन् ।
अस्ट्रेलिया र न्युजिल्याण्डको सवारी साधनको सुरक्षामा स्वतन्त्र अवाज एनक्यापले २०२३ देखि आफ्नो मूल्याङ्कनको मापदण्ड विस्तार गरेको हो । सुरक्षाका फाइभ स्टार मूल्याङ्कन प्राप्त गर्न, सवारी साधनहरूले सबै परीक्षणहरूमा उच्चतम मापदण्ड प्राप्त गर्नुपर्ने र अत्याधुनिक सुरक्षाका प्रविधिहरूले सुसज्जित भएको हुनुपर्छ । एनक्यापको रिपोर्टअनुसार बीवाईडी सिलले अब्लिक्यु पोल परीक्षणमा चालकको र छेउछाउ अथवा किनारामा परेको टक्करको प्रभाव परीक्षणमा बालबच्चाको सुरक्षामा पूर्ण अंक प्राप्त गरेको छ । यसले वयस्क यात्रीको सुरक्षामा ८९ प्रतिशत, बालबच्चा यात्रीको सुरक्षामा ८७ प्रतिशत, ८२ प्रतिशत सम्भावित जोखिममा रहेका सडक यात्रुको सुरक्षामा र ७५ प्रतिशत सुरक्षा सहयोगमा प्राप्त गरेको छ ।
यस्तै, बीवाईडीको डल्फिनले अगाडि परेको ठक्कर र छेउछाउ या किनारामा परेको ठक्करको प्रभाव परीक्षणमा बालबच्चा यात्रीको सुरक्षामा अधिकतम अंक हासिल गरेको छ । साथै, डल्फिनले २०२३ मा परीक्षण गरिएका सबै मोडलहरू मध्यमा सम्भावित जोखिममा रहेका सडक यात्रुको सुरक्षामा सर्वाधिक ८५ प्रतिशत अंक हासिल गरेको छ । त्यसैगरी यी दुई मोडलमा एनक्यापको नयाँ मापदण्ड मूल्याङ्कनअनुसारको ‘ढोका खुला हुने’ प्रविधि क्षमता रहेको छ । यस प्रविधिले यदि कार पानीमा डुबेको खण्डमा कारको ढोका दुई मिनेटसम्म बन्द हुन दिने छैन ।
यसअघि बीवाईडीका सिल र डल्फिनले युरो एनक्यापमा पनि सुरक्षाको मूल्याङ्कनमा फाइभ–स्टार मूल्याङ्कन पाएका थिए । आगामी दिनमा पनि विश्वव्यापी ग्राहकहरूको सुरक्षित यात्रा सुनिश्चित गर्दै इ–प्ल्याटफर्म ३.० र अत्याधुनिक चालक सहयोगी प्रविधिजस्ता अत्याधुनिक टेक्नोलोजीको प्रयोगसङ्गै कडा सुरक्षा मापदण्डमा बीवाईडी प्रतिबद्ध रहने कम्पनीले बताएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 9
ताजा अपडेट
- कोशीमा बजेट विधेयक पारित
- कुटपिटबाट २६ वर्षीय युवाको मृत्यु, घटनामा संलग्न सात जना पक्राउ
- राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट
- इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट
- हजार र पाँच सयका नक्कली नोटसहित एक युवा पक्राउ
- तीन महिने अभियानलाई जसपाले निरन्तरता दिने
- मङ्सिर २३ गते परराष्ट्रमन्त्री साउद कतार जाँदै
- ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
तपाईको प्रतिक्रिया