‘तिहारको तयारी, अब भेटायोको जिम्मेवारी’
काठमाडौं । काठमाडौंमा घरेलु सेवा प्रदायक कम्पनी भेटायो एपले तिहारमा उत्सव मनाउनका लागि ‘तिहारको तयारी, अब भेटायोको जिम्मेवारी’ भन्ने योजना ल्याएको छ ।
यसअन्तर्गत भेटायोले एउटा घर मात्रै चार हजार पाँच सय रुपैयाँमा झिलिमिली उज्यालो गर्न र बत्तीको जडान तथा वितरण निःशुल्क प्रदान गर्ने अवसर ल्याएको छ । यसको बुकिङ मिति पहिले नै खुलाइएको छ भने यो सुविधा केही दिनकालागि मात्र रहने बताइएको छ । साथै, सफाइ, पेन्टिङ र लुगा धुने काम, कीट नियन्त्रणमा समेत विशेष छुटकोे व्यवस्था गरिएको जनाएको छ । यस्तै, कम्पनीले दीपावलीका लागि विभिन्न सरल सेवाहरू पनि ल्याएको छ ।
कम्पनीको तिहारमा सौन्दर्य र मर्मतका विशेष प्याकेजमा एयर कन्डिसनर खरिद गर्दा तीन हजार रुपैयाँसम्मको विशेष छुट पाउन सकिन्छ । यस्तै, ‘दक्षिणा’ प्रोमो कोड प्रयोग गरी सेवा बुक दर्ता थप १० प्रतिशत छुट पाउन सकिन्छ । साथै, खल्तीबाट भेटायोको बिल तिर्दा पाँच प्रतिशतको क्यासब्याक पाइने बताइएको छ । दैनिक आवश्यकताअनुसारको कुनै पनि सेवा लिन सजिलै एपमार्फत बुक गर्न र अर्डर गर्न सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8
ताजा अपडेट
- जिल्ला अदालत कास्कीद्वारा सहकारीका सञ्चालकसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी
- झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल-भारत सीमा स्तम्भको मर्मत सुरु
- रसुवागढी नाकाबाट चार महिनामा आठ जना पक्राउ
- हुम्ला र मुस्ताङमा बिहानैदेखि हिमपात सुरु
- सबै कम्युनिष्ट शक्ति एक हुन जरुरी : महासचिव गुरुङ
- सातदोबाटोमा नेपाली जुत्ताघर सञ्चालन
- प्रभु क्यापिटलका ग्राहकलाई मेरिना इम्पेक्समा छुट
- नेसनल लाइफको कोशीटप्पु भ्रमण कार्यक्रम
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया