हुवावेको तेस्रो त्रैमासिक व्यापारिक नतिजा सार्वजनिक
काठमाडौं । हुवावेले सन् २०२३ को तेस्रो त्रैमाससम्मको व्यापारिक नतिजा सार्वजनिक गरेको छ । यस अवधिमा, हुवावेले सीएनवाई ४५६ दशमलव छ बिलियन राजस्व आर्जन गरेको जनाएको छ । कम्पनीको राजस्व दुई दशमलव चार प्रतिशतले वृद्धि भएको छ ।
कम्पनीले खुद नाफामा पनि १६ प्रतिशतले वृद्धि गर्न सफल भएको जनाएको छ । हुवावेका घुम्ती अध्यक्ष केन हुले कम्पनीको व्यापार पोर्टफोलियो अधिकतम बनाउन, उत्पादन र सेवाहरूको प्रतिस्पर्धात्मकतालाई नयाँ उचाइमा लैजान अझै लगानी बढाउन जारी राख्ने बताएका छन् । सन् २०२२ मा, हुवावेले अमेरिकी डलर ९३ दशमलव पाँच बिलियन राजस्व र पाँच दशमलव दुई बिलियन अमेरिकी डलर नाफा कमाएको थियो ।
हुवावेले २०२२ मा अमेरिकी डलर २३ दशमलव पाँच बिलियनको वार्षिक खर्च गरेको थियो । कम्पनीले वार्षिक राजस्वको २३ दशमलव पाँच प्रतिशत रकम अनुसन्धान र विकासमा लगानी गरेको जनाएको छ । कम्पनीले विगत १० वर्षमा आफ्नो कुल अनुसन्धान र विकास खर्च अमेरिकी ड(लर १४२.३ बिलियन भन्दा बढि गरिसकेको जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 7
ताजा अपडेट
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
- विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु
- सेयर बजार करेक्सन, सुचक तथा कारोबार रकम दुबै बढ्यो
- सरकारलाई राष्ट्रिय सूचना आयोगको प्रतिवेदन बुझाइयो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया