टाटा प्यासेन्जर भेहिकलको नयाँ वर्कसप कपनमा
काठमाडौं । टाटा मोटर्सको वितरक सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौंको कपनमा टाटा मोटर्स पेसेन्जर सेग्मेन्टका गाडीलाई लक्षित गर्दै नयाँ वर्कसप सञ्चालनमा ल्याएको छ । करिब ११ हजार आठ सय ८० वर्ग मिटर क्षेत्रफलमा फैलिएको उक्त वर्कसपको सिप्रदी कम्पनिजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्स पेसेन्जर भेहिकल इन्टरनेसनल बिजनेस हेड मायाङ्क बल्डीले उद्घाटन गरेका थिए ।
नयाँ वर्कसपमा पेसेन्जर सेग्मेन्टका गाडीहरूको हरेक पार्टपुर्जाको (इन्जिन, चक्का, सस्पेन्सन, एसी, आदि) मर्मत सम्भारलगायत डेन्ट पेन्टको पनि सुविधा रहेको छ । यस वर्कसपमा पेसेन्जर सेग्मेन्टका गाडीहरूको हरेक पार्टपुर्जाको (इन्जिन, चक्का, सस्पेन्सन, एसी, आदि) मर्मत सम्भारलगायत डेन्टपेन्टको पनि सुविधा रहेको छ । यस्तै, विशेषतः विद्युतीय गाडीको (ईभी) चेकजाँचको लागि विशेषज्ञ प्राविधिकहरूको व्यवस्था गरिएको छ । यस्तो व्यवस्थाअन्तर्गत ३० किलोवाट क्षमताको डिसी फास्ट चार्जिङ स्टेसन, चारवटा ७.२ किलोवाट क्षमताको एसी फास्ट चार्जिङ स्टेसन र आठ वटा ३.३ किलोवाट क्षमताको एसी स्लो स्टेसनलगायत बाह्रवटा ‘बे हरू’ रहेका छन् । यस वर्कसपमा अटोप्लस बीमा, सञ्जीवनी इन्जिन रिपेयर, एक्सप्रेस (४८ घण्टा भित्र मर्मत) र इन्टेरिएर क्लिनिङ–वासिङजस्ता सुविधाहरू प्राप्त गर्न सकिनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- लालुपाते सहकारीको रकम ठगी अभियोगमा सौर्य एयरलायन्सका क्याप्टेनसहित चारजना जेल चलान
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ केजी सुनसहित गोरखाका घले पक्राउ
- मिटरब्याजीले लिएको सात कठ्ठाबढी जग्गा छलफलबाट फिर्ता
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया