चेम्बरद्वारा कोसोभोसँग व्यापारिक साझेदारीको प्रस्ताव
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले कोसोभो देशसँग व्यापारिक साझेदारीको प्रस्ताव गरेको छ । बंगलादेशका लागि कोसोभोका राजदूत गुनेर उरेयासँग जमलस्थित चेम्बर भवनमा मंगलबार भएको भेटवार्तामा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले व्यापार एवम् लगानीका लागि प्रस्ताव गरेका हुन् ।
कोसोभोमा नेपालको कूटनीतिक सम्बन्ध स्थापना नभए पनि व्यापार र लगानीको सम्भावना भएका क्षेत्रमा सहकार्यका लागि राजदूत उरेयासँग अध्यक्ष मल्लले आग्रह गरे । मल्लले दुवै देशको चेम्बर अफ कमर्सबीच सहकार्य गरेर व्यापार एवम् संयुक्त लगानीको सम्भावना भएका क्षेत्रमा सहकार्यका लागि प्रस्ताव गरेका हुन् । नेपालको जलविद्युत्, पर्यटन एवम् सूचना प्रविधिको क्षेत्रका लगानी गर्न अध्यक्ष मल्लले राजदूत उरेयासँग आग्रह गरे । नेपालमा लगानीको प्रतिफल सुनिश्चित गर्नका लागि चेम्बरले पहल गर्ने अध्यक्ष मल्लको भनाइ छ ।
दुई मुलुकबीच व्यापार सहजीकरण एवम् लगानीका साथै सांस्कृतिक आदान प्रदान गरेर पर्यटन गतिविधि बढाउन समेत उनले आग्रह गरे । राजदूतसँगको भेटका क्रममा अध्यक्ष मल्लले संयुक्त राष्ट्रसंघमार्फत कोसोभोको शान्ति स्थापनाका लागि नेपाली सेनाले खेलेको भूमिकाको पनि स्मरण गरेका थिए । चेम्बर पदाधिकारीसँगको भेटवार्ताका क्रममा राजदूत उरेयाले हिमालयको देश नेपालबाट आफू निकै प्रभावित भएको बताए । उनले दुई मुलुकबीच व्यापार सहजीकरणका लागि पहल गर्ने आश्वासन समेत दिए । लगानीका लागि पनि नेपाल उत्कृष्ट गन्तव्य भएको उनको भनाइ थियो । नेपालको सूचना प्रविधि एवम् पर्यटनको क्षेत्रमा लगानीका लागि आफ्नो देशका निजी क्षेत्रसँग पहल गर्ने उनले बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया