नेपाल–कोरियाबीचको द्विपक्षीय साझेदारीमा जोड
काठमाडौँ । बुधबार आयोजित नेपाल कोरिया लगानी सम्मेलनलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र दक्षिण कोरियाबीचको बढ्दो व्यापार असन्तुलन कम गर्न द्विपक्षीय लगानीसम्बन्धी साझेदारीमा जोड दिएका छन् ।
कोरियामा धेरै नेपाली काम गर्ने भएकाले नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षामा संयुक्त लगानीका अवसरहरू रहेका भन्दै अध्यक्ष ढकालले कोरियाली लगानीकर्तालाई नेपालमा लगानी भित्र्याउन आग्रह गरे । उनले कोरियाबाट नेपालतर्फ हुने आयातको तुलनामा नेपालको निर्यात निकै कम रहेकाले व्यापार सन्तुलनका लागि नेपालमा कोरियाली लगानी आवश्यक छ भने ।
अध्यक्ष ढकालले ऊर्जा, पर्यटन, कृषि प्रशोधन र आइसिटीजस्ता क्षेत्रमा लगानी साझेदारी बढाउन सकिने भन्दै यी क्षेत्रहरू नेपाली अर्थतन्त्रको मेरुदण्ड रहेको पनि उल्लेख गरे । नेपालमा तीन सय ५० भन्दा बढी कोरियाली उद्यम रहेको जानकारी दिँदै उनले कोरियाका लागि नेपाल एक आकर्षक लगानी गन्तव्य भइसकेको स्पष्ट गरे ।
अध्यक्ष ढकालले कोरियाली लगानी विस्तार हुँदा कोरियालाई दक्षिण एसिया क्षेत्रकै व्यापारमा सहयोग पुग्ने र नेपालले विकासोन्मुख देशका रूपमा अर्थतन्त्रलाई विविधीकरण गर्न कोरियासँगको साझेदारी महत्वपूर्ण हुने तर्क गरे ।
नेपालमा अत्याधुनिक कोरियाली प्रविधि भित्र्याएर नेपालको प्राकृतिक स्रोत तथा जनशक्तिको उपयोगबाट लाभ लिन सकिने अध्यक्ष ढकालको सुझाव थियो । औपचारिक र सहज बैकिङ्ग कारोबारले व्यापार र लगानी बढाउन सहयोग पुग्ने हुँदा त्यसलाई सकेसम्म छिटो टुङ्ग्याउन उनको आग्रह थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- लालुपाते सहकारीको रकम ठगी अभियोगमा सौर्य एयरलायन्सका क्याप्टेनसहित चारजना जेल चलान
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ केजी सुनसहित गोरखाका घले पक्राउ
- मिटरब्याजीले लिएको सात कठ्ठाबढी जग्गा छलफलबाट फिर्ता
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया