दराज ११ः११ मा ८० प्रतिशतसम्म छुट
काठमाडौं । ई–कमर्स ब्राण्ड दराजले ११ः११ सेलको छैठौं संस्करण सार्वजनिक गरेको छ । कम्पनीका अनुसार कात्तिक २५ गतेबाट सुरु हुने यो सेलमा रासन, घरेलु उपकरण, इलेक्ट्रोनिक्स, फेसन र मनोरञ्जनजस्ता विभिन्न विधाका लाखौँ प्रोडक्टमा सात करोडसम्मको छुट पाउनेछन् ।
यो सेलमा निःशुल्क डेलिभरी, १० हजार रुपैयाँसम्मको मेगा भौचर, मेगा डिलक्समा ८० प्रतिशतसम्मको छुट पाइनेछ । साथै, मेगा गिभअवेअन्तर्गत नौ सय ९९ रुपैयाँभन्दा माथिको खरिदमा अग्रिम भुक्तानी गर्ने ११ भाग्यशाली विजेताहरूले वासिङ मसिन जित्ने मौका पनि पाउनेछन् । साथै, बैंकको डेबिट कार्ड प्रयोग गरेर अग्रिम भुक्तानी गर्ने ग्राहकहरूले १५ प्रतिशत अधिकतम दुई हजार रुपैयाँसम्म छुट पाउनेछन् भने क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २० प्रतिशत अधिकतम दुई हजार पाँच सय रुपैयाँको छुट प्राप्त गर्नेछन् ।
दराजका प्रबन्ध निर्देशक आँचल कुँवरका अनुसार यो सेलमा विभिन्न ब्राण्ड तथा कम्पनीहरूले साथ दिएका छन् । यो वर्षको सेलमा आठ वटा ब्राण्डहरू दराजसँग डाइमण्ड पार्टनरको रूपमा आबद्ध भएको उनले बताइन् । उनका अनुसार अल्टिमा लाइफस्टाइल, मसल बलेज, हाडा लाबो, भ्यासलिन, सेटाफिल, गोल्डस्टार, वाउ स्किन साइन्स, र जुभारा रहेका छन् । यसका साथै हाइ फ्युचर, फिलिप्स, फ्यान्सिरा, एडिडास, मामाअर्थ, पल्म र फ्यान्टेक दराजसँग गोल्ड पार्टनर्सको रूपमा आबद्ध छन् । नेपालका प्रख्यात बैंकहरूले पनि दराजको ११ः११ सेलमा साझेदारी गरेका छन् । नबिल, सानिमा, हिमालयन, ग्लोबल आईएमई, एनआईसी एसिया, एभरेस्ट, नेपाल इन्भेस्टमेन्ट मेगा, एनएमबी, माछापुच्छ्रे, सिटिजन्स, नेपाल एसबीआई, नेपाल बैंक, कृषि विकास बैंक, ज्योति विकास बैंक र साङ्ग्रिला डेभलपमेन्ट बैंकहरू यो वर्षको ११ः११ सेलसँग आबद्ध भएका हुन् ।
यसबाहेक दराजले डिजिटल वालेट आईएमई पेसँग पनि सहकार्य गरेको छ । कात्तिक २५ गते राति १२ बजे देखि १२ः३० बजेसम्म र बिहान ८ बजेबाट ८ः३० सम्म आईएमई–पेद्वारा अग्रिम भुक्तानी गर्नेले १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यो सेलमा उमङ्ग थप्न गायिका सुवानी मोक्तानले कार्तिक २४ गते राति १० बजे दराज लाइभमार्फत् कार्यक्रम सञ्चालन गर्ने कम्पनीले जनाएको छ । कार्यक्रम दराजको एपबाट प्रत्यक्ष प्रसारण गरिने छ । यो कार्यक्रममा मोक्तानको सांगीतिक प्रदर्शनका साथै विभिन्न खेल र प्रश्नोत्तरहरू समावेश छन् । सो खेलमा दर्शकहरूले आफ्नो सहभागिता जनाएर प्रत्येक ११ मिनेटमा आकर्षक उपहारहरू जित्न सक्ने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- दशैं बिदा अघिको अन्तिम दिनको शेयर बजार
- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण
- बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै
- डेङ्गुबाट गण्डकीमा सातजनाको मृत्यु
- मनसुन क्रमश: कमजोर हुँदै
- नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
- जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
- आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया