टीभीएस एनटर्क १२५ सीसी रातो रङमा
काठमाडौं । नेपालको लागि टीभीएस स्कुटर र मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस महाएक्सचेन्ज महोत्सवमा एनटर्क १२५ सीसी ड्रम रातो रङमा सार्वजनिक गरेको छ ।
राम्रो माइलेज दिने एनटर्क १२५ सीसी ड्रममा स्मार्टकनेक्ट र ब्लुटुथ कनेक्टिभिटी पनि उपलब्ध छ । शंकर ग्रुपका एक्जिक्युटिभ डाइरेक्टर अखिल गुप्ताले एक कार्यक्रमका बीच स्कुटर सार्वजनिक गरेका हुन् । टीभीएस एनटर्क ड्रममा ९.४ पीएस पावरसहितको बलियो १२५ सीसी इन्जिन रहेको छ । यसको स्मार्ट कनेक्टले नेभिगेसन, पार्क गर्दाको स्कुटरको लोकेसन थाहा पाउन सजिलो बनाएको छ । स्लिक डिजाइन स्टेल्थ एयरक्राफ्टबाट प्रेरित यस स्कुटरमा राइड पनि स्मुद र सहज हुने कम्पनीले जनाएको छ । ’टि’ आकारको रियर ल्याम्पले यस स्कुटरलाई सजिलै चिन्न सकिने बनाएको छ ।
स्पोर्टी स्टबी मफलरले यसको स्पोर्टी लुक प्रदान गरेको छ भने यसमा भएका ठूला १२ इन्चका टायरहरूले आरामदायी र सुरक्षित सवारीको ग्यारेनटी दिने कम्पनीको भनाइ छ । साथै, बोल्ड र चङ्की टायरहरूले विभिन्न भू–भागमा उत्कृष्ट पकड प्रदान गर्ने कम्पनीको भनाइ छ । यसैगरि यसको स्पोर्टी स्प्लिट ग्रेब रेलको एडिसनले यात्रुहरूलाई राइडमा सुरक्षितरूपमा समात्न मिल्नेछ । पछाडिको भेन्टहरूले स्कुटरलाई सहजरूपमा चल्न मद्दत गर्नुका साथै हिट लस पनि कम गर्ने बताइएको छ । टीभीएस एनटर्क ड्रम रेडको मूल्य दुई लाख ३५ हजार नौ सय रुपैयाँ तोकिएको छ ।
यस्तै, मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको टीभीएस महाएक्सचेन्ज महोत्सव शनिबारसम्म जारी रहने कम्पनीले जनाएको छ । यस महोत्सवमा ग्राहकले कुनैपनि बाइक र स्कुटर टीभीएस ब्रान्डका प्रोटक्टसँग एक्सचेन्ज गर्दा ५० हजार रुपैयाँको थप एक्सचेन्ज भ्यालु पाउन सक्नेछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- पत्रकार महिला क्षमता अभिवृद्धि तालिमको उद्घाटन
- सामान्य अंकले आर्लियो सेयर बजार
- इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टि आर एस लोजिपार्कबीच सम्झौता
- ११ कार्टुन सुकमेल सुख्खा बन्दरगाह भन्सारबाट चोरी
- प्रधानन्यायाधीशद्वारा नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई शपथ
- जिल्ला अदालत कास्कीद्वारा सहकारीका सञ्चालकसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी
- झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल-भारत सीमा स्तम्भको मर्मत सुरु
- रसुवागढी नाकाबाट चार महिनामा आठ जना पक्राउ
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया