एलजीको ओएलईडी टिभीको बजारहिस्सा ५५ प्रतिशत
काठमाडौं । एलजी ओएलईडी टिभीले २०२३ को अर्धवार्षिक अवधिसम्म १३ लाख ३० हजारभन्दा बढी सिपमेन्ट गरी नयाँ बेन्चमार्क निर्माण गर्न सफल भएको छ । मार्केट रिसर्च फर्म ओम्डियाका अनुसार एलजीले कुल सिपमेन्टका आधारमा पहिलो छ महिनामा विश्वव्यापी ओएलईडी टिभी बजारको ५५ प्रतिशतभन्दा बढी बजार ओगट्न सफल भएको हो ।
परिचित ओएलईडी टिभी लिडरको रूपमा उत्पादनको १० वर्ष मनाउँदै गर्दा, ओएलईडी टिभी सेगमेन्टको नेतृत्व स्थापना गर्न सफल भएको छ । साथै, एलजीले ओएलईडी टिभीको प्रतिष्ठालाई प्रिमिएम टिभी सेगमेन्टको शिखरमा राख्न सफल भएको छ । यस्तै एलजी यसैमा मात्रै सीमित नरही १ करोड टिभि युनिटको (ओएलईडी र एलसिडि) आक्रमक बिक्री गर्न पनि सफल भएको छ । फलस्वरूप एलजी कम्पनीले विश्वव्यापी टिभी बजारको १६ दशमलव दुई प्रतिशत सेयरको खुद नाफा हासिल गरेको छ । यस्तै, कम्पनीले आफ्नो कुल आम्दानीको लगभग ३० प्रतिशत नाफा एलजी ओएलईडीमार्फत प्राप्त गरिरहेको जनाएको छ ।
२०२३को अर्धवार्षिक अवधिमा भएको टिभीको सिपमेन्ट कुल नौ करोड २० लाख युनिट छ, जुन गत वर्षको पहिलो अर्धवार्षिक अवधिको कारोबारसँग तुलनात्मकरूपमा समान छ । यस्तै, यस वर्षको अर्धवार्षिकसम्म मात्र एलजीले २० लाख युनिट बिक्री गरेको छ, जुन बाँकी अर्धवार्षिक अवधिको लागि पनि सकारात्मक रहने बताइएको छ । एलजी ओएलईडी टिभीले अर्धवार्षिक अवधिमा कुल नाफाको नौ दशमलव तीन प्रतिशत हासिल गरी विश्वव्यापी टिभी बजारमा आफ्नो पहिलो स्थान कायम राखेको छ । ओम्डियाले ओएलईडी टिभीले भविष्यमा अझ उत्कृष्ट प्रदर्शन गर्न तथा दुई लाखभन्दा बढी मूल्य पर्ने टिभी सेगमेन्टको ४३ प्रतिशतसम्म बजार ओगट्ने प्रक्षेपण गरेको छ ।
एलजीले ओएलईडी टिभीहरू विगत लामो समयदेखि नेपाली बजारमा पनि उपलब्ध गराइरहेको छ । ४२ इन्चदेखि ८३ इन्चसम्म उपलब्ध यी टिभीहरूमा अहिले चलिरहेको क्रिकेट वल्र्ड कपको मजा लिन सकिने कम्पनीको दाबी रहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- ‘दि नेपाल डिस्टिलरिज’ले नयाँ उत्पादन बजारमा ल्याउने
- नरैनापुरमा सामुदायिक महिला स्वयंसेविका दिवस
- समसामयिक राजनीतिक व्यङ्ग्य
- एनसेल प्रकरणमा सरकार पक्ष प्रतिरक्षामा
- विदेश भ्रमणमा सरकारको कीर्तिमानी ब्रह्मलुट
- कोरियाको निर्माण र सेवा क्षेत्रमा नेपालीलाई रोजगारी
- लाभांश घोषणामा ढिलाइ
- उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया