टेक्नो मोबाइलका दुई फोन नेपालमा
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा निकै लोकप्रिय रहेको टेक्नो मोबाइलका दुई नयाँ फोन नेपाली बजारमा सार्वजनिक गरिएका छन् । टेक्नो मोबाइलको नेपालका लागि आधिकारिक वितरक महालक्ष्मी मोबाइल्सले पोभा ५ र क्यामन २० नेपाली बजारमा भिœयाएको हो ।
टेक्नो मोबाइल सिरिजअन्तर्गतको पछिल्लो नयाँ संस्करण पोभा पाँच विशेष गरी मोबाइल गेमिङमा रूचि राख्नेहरुले निकै रुचाउनेमा वितरक कम्पनी विश्वस्त छ । कम्पनीका अनुसार ८+८ जीबीको ¥याम, १२८ जीबीको इन्टरनल स्टोरेज र ४५ वाटको चार्जरसहितको यो मोबाइलले अल्टिमेट गेमिङ्गको अनुभव दिनेछ । ६००० मेगाहर्जको ब्याट्रीका साथ आउने यो फोन ६.७८ इन्च एफएचडी प्लस डट इन डिस्प्लेमा उपलब्ध छ । यसमा जडित ‘भ्यापर च्याम्बर’ले फोन नतात्ने र ६ एमएन प्रोसेसरले ल्यागिङ समस्या पनि नहुने वितरक कम्पनीको भनाइ छ । ५० मेगा पिक्सेलको एचडी डुअल रेअर क्यामेरा पोभा ५ मोबाइलको अर्को आकर्षक फिचर हो ।
त्यसैगरी फोटो या भिडियोग्राफीमा रुचि राख्नेहरूको रोजाइमा पर्ने सम्भावना बोकेको मोबाइल हो, क्यामन २० मोबाइल । ६४ मेगा पिक्सलको सुपर नाइट रेयर क्यामेरा र ३२ मेगा पिक्सलको ए आई सेल्फी क्यामेराको साथमा क्यामन २० आकर्षक सात दशमलव आठ मिमि पातलो डिजाइनमा उपलब्ध छ । छ दशमलव ६७ इन्चको डिस्प्लेमा नै रहेको फिंगर प्रिन्ट सेन्सरका साथमा ३३ वाटको चार्जर, यो मोबाइलको अर्को आकर्षक फिचर हो । यमे फोनको ५००० मेगाहर्जको ब्याट्री र ८+८ जीबी ¥यामले प्रयोगकर्तालाई अभूतपूर्व अनुभव दिने वितरक कम्पनीको भनाइ छ । नयाँ प्रविधिको प्रयोग गर्न र नौलो अनुभव गर्न सधैँ उत्साहीहरूका लागि टेक्नोका यी दुई फोन सही र उचित रोजाइ बन्ने कम्पनीको दाबी छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- महिलाहरुलाई दिल्लीमा बेचबिखन गरेको अभियोगमा बाँकेकी एक महिला पक्राउ
- छुट्टाछुट्टै सवारी दुर्घटनाबाट सात जनाको मृत्यु
- विभिन्न ठाउँमा चार व्यक्ति मृत अवस्थामा फेला
- अध्यादेश जारी गरेर भएपनि भूमिहीनलाई जग्गा प्रदान गर्ने उपप्रधानमन्त्रीको प्रतिबद्धता
- विभिन्न ठाउँमा आगलागीबाट लाखौँको क्षति
- वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई लाई किन सोध्यो नेपाल नागरिक उड्डयन प्राधिकरणले सात दिने स्पष्टीकरण ?
- कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन: नेपालमाथिको अन्याय रोकिनुपर्छ
- सक्कली प्रहरीको फन्दामा नक्कली प्रहरी
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया