भूकम्प प्रभावितलाई सिप्रदीको ५५ लाख राहत
काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिले जाजरकोट र रूकुम पश्चिमको भूकम्प प्रभावित परिवारहरूलाई आधारभूत आवश्यकताका सामग्रीहरू राहतस्वरूप वितरण गरेको छ । सिप्रदीयन सहायता संस्था, टाटा ट्रस्ट भारत र सिप्रदीको संयुक्त प्रयासमा हालै जिल्ला प्रसासन कार्यालय, जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोट र जिल्ला प्रशासन कार्यालय पश्चिम रुकुमअन्तर्गत आठबिसकोट नगरपालिका १३ र १४ वडा कार्यालयलाई ५५ लाख रुपैयाँ बराबरको राहत सामग्री प्रदान गरिएको हो ।
तिहारमा लक्ष्मीपूजाको दिन संस्थाको प्रतिनिधित्व गर्दै सिप्रदीका सात जना कर्मचारीहरूले जाजरकोट र पश्चिम रुकुममा राहत सामग्रीहरू त्रिपाल, म्याट्रेस, खाद्यान्न, साबुन र बढ्दै गरेको जाडोलाई मध्यनजर गर्दै न्यानो कपडा, सिरक, सिरानी र टोपीलगायतका अन्य सामग्रीहरूको प्याकेज बनाएर सम्बन्धित कार्यालयहरूलाई हस्तान्तरण गरिएको थियो । संस्थाका अनुसार हस्तान्तरण गरेको सामग्रीहरूबाट झन्डै एक हजार दुई सय घर परिवारका चार हजार आठ सय जना भूकम्पपीडितहरू प्रत्यक्ष लाभान्वित बनेका छन् । सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहालले भूकम्पका कारण आफ्नो घर गुमाएका र बासको वैकल्पिक व्यवस्था नभएका पीडितरूलाई स्थानीय प्रशासनसँग समन्वय गर्दै राहत वितरण गरेको जानकारी दिए । अहिलेको प्रमुख आवश्यकतालाई मध्यनजर गर्दै त्रिपाल, खाद्यान्न र न्यानो कपडाहरू हस्तान्तरण गरेको उनले बताए ।
विगतमा पनि सिप्रदीयन सहायता संस्थाले टाटा ट्रस्ट्ससँगको साझेदारीमा ‘नेपाल भूकम्प पुनस्र्थापना परियोजनाको सुरूवात गरेको थियो । सो परियोजनाअन्तर्गत २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट अतिप्रभावित र वैशाख २९ को शक्तिशाली पराकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकमा ९ वटा विद्यालयहरू तथा एउटा स्वास्थ्य चौकीको पुनर्निर्माण र हस्तान्तरण गरेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया