सीमामा सुविधायुक्त सडक बनाउन आग्रह
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सीमामा सुविधा सम्पन्न सडक पूर्वाधार निर्माण गरेर व्यापार सहजीकरणका लागि सहयोग गर्न चीन सरकारसँग आग्रह गरेको छ ।
मुख्य व्यापारिक साझेदार चीनसँगको सीमामा सुविधासम्पन्न सडक पूर्वाधार निर्माण गरेर व्यापार सहजीकरणका लागि चेम्बरले चिनियाँ राजदूत समक्ष आग्रह गरेको हो । काठमाडौंको जमलस्थित भवनमा चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहित पदाधिकारी र नेपालका लागि चिनियाँ राजदूत छन सोङ्गबीच दुई मुलुकको व्यापार, लगानी, एवम् पर्यटन क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा छलफल भएको थियो । सो छलफलमा अध्यक्ष मल्लले चीन नेपालको मुख्य व्यापारिक साझेदारी रहेको उल्लेख गर्दै दुई देशको सीमामा सुविधा सम्पन्न सडक पूर्वाधार निर्माण गरेर व्यापार सहजीकरण गर्न आवश्यक रहेको बताए । स्याफ्रुबेसी–केरुङ सडक निर्माणका लागि पहल गर्न उनले चिनियाँ राजदूतसँग आग्रह पनि गरे । यस्तै, चीनसँग व्यापार खाडल उच्च रहेको भन्दै उनले नेपाली वस्तुको निर्यात वृद्धिका लागि पहल गर्न समेत आग्रह गरे । नेपालले चीनबाट वार्षिक दुई खर्ब २२ अर्ब रुपैयाँ बराबरको आयात गर्दा निर्यात भने एक अर्ब ७६ करोड रुपैयाँ हाराहारी माग गर्दै आएको छ ।
यसैगरी अध्यक्ष मल्लले नेपालको जलविद्युत्, पर्यटन एवम् सूचना प्रविधिको क्षेत्रका लगानी गर्न पनि राजदूत सोङ्गसँग आग्रह गरे । नेपालमा लगानीको प्रतिफल सुनिश्चित गर्नका लागि चेम्बरले पहल गर्ने अध्यक्ष मल्लको भनाइ थियो । दुई मुलुकबीच व्यापार एवम् लगानीका साथै सांस्कृतिक आदानप्रदान गरेर पर्यटन गतिविधि बढाउन समेत उनले आग्रह गरे । चेम्बर पदाधिकारीसँगको भेटवार्ताका क्रममा राजदूत सोङले नेपाल आफ्नो उच्च प्राथमिकतामा रहेको बताए । नेपालको आर्थिक विकास र समृद्धिका लागि राज्यको नीति स्थिर हुनुपर्ने र यसका लागि निजी क्षेत्रले पनि पहल गर्नुपर्ने उनको भनाइ थियो । नेपाल जलविद्युत्मा आत्मनिर्भर हुने क्रममा रहेको भन्दै राजदूत सोङले विद्युतीय सवारी साधनहरूलाई उच्च प्राथमिकतामा राखेर इन्धनको आयातबाट हुने व्यापारघाटा कम गर्न सुझाव दिए । नेपालको पर्यटन क्षेत्रमा अथाह सम्भावना रहेको भन्दै उनले यसलाई उद्योगको रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- सामान्य अंकले आर्लियो सेयर बजार
- इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टि आर एस लोजिपार्कबीच सम्झौता
- ११ कार्टुन सुकमेल सुख्खा बन्दरगाह भन्सारबाट चोरी
- प्रधानन्यायाधीशद्वारा नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई शपथ
- जिल्ला अदालत कास्कीद्वारा सहकारीका सञ्चालकसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी
- झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल-भारत सीमा स्तम्भको मर्मत सुरु
- रसुवागढी नाकाबाट चार महिनामा आठ जना पक्राउ
- हुम्ला र मुस्ताङमा बिहानैदेखि हिमपात सुरु
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया