Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगशाओमी बन्यो नेपालको नम्बर एक स्मार्टफोन ब्राण्ड

शाओमी बन्यो नेपालको नम्बर एक स्मार्टफोन ब्राण्ड


काठमाडौं, जेठ ४
शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले विश्वव्यापी त्रैमासिक मोबाइल फोन ट्र्याकर आईडीसीको अनुसार आफू सन् २०२० को पहिलो त्रैमासिक रिपोर्टमा नेपालको नम्बर एक स्मार्टफोन ब्राण्ड बन्न सफल भएको घोषणा गरेको छ । सन् २०१८ अक्टोबरदेखि सञ्चालनमा आएको यस ब्राण्डले नेपालको स्मार्टफोन बजारमा पहिलोपटक नेतृत्व गरेको छ ।

शाओमीे सन् २०२० को पहिलो त्रैमासिकमा नेपालका लागि स्मार्टफोन नेतृत्वमा उकालो लागेको छ भने सामसुङ र भिभोले पछ्याइरहेका छन् । सन् २०२० मा ३० दशमलव ९ प्रतिशत बजार सेयरका साथ नेपालमा बिक्री भएका शीर्ष १० स्मार्टफोनहरुमध्ये ४ शाओमी डिभाइसहरु रहेका थिए । त्यस्तै दोस्रो नम्बरमा सामसुङ रहेको छ । सामसुङले १८ दशमलव ६ प्रतिशत, तेस्रोमा रहेको भिभोले १२ दशमलव ३ प्रतिशत, चौथोमा रहेको ओप्पोले १० प्रतिशत र पाँचौँ स्थानमा रहेको लाभाले ५ दशमलव ३ प्रतिशत बजार सेयरका साथ बिक्री भएका छन् ।

विश्वव्यापी त्रैमासिक मोबाइल फोन ट्र्याकर आईडीसीको अनुसार आफू सन् २०२० को पहिलो त्रैमासिकमा शाओमी दोस्रो ठूलो स्मार्टफोन बिक्रेताभन्दा ६६ प्रतिशतले ठूलो छ । शाओमी स्वतन्त्र रुपले नेपालमा दोस्रो ठूलो र तेस्रो ठूलो स्मार्टफोन विक्रेताको संयुक्त रुपभन्दा ठूलो छ । सन् २०२० को प्रथम त्रैमासिकमा शीर्ष पाँच स्मार्टफोनमध्ये दुईवटा शाओमीका स्मार्टफोन थिए, रेडमी नोट ८ ले नेपालमा नम्बर एक स्मार्टफोनको नेतृत्व गरिरहेको छ भने त्यसलाई रेडमी ८ ले पछ्याएको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘हामी पहिलोपटक स्मार्टफोन बजारमा अग्रणी भयौं र शाओमी नेपालमा यो हाम्रो लागि उत्साहजनक क्षण हो । सबैको लागि नवीनता उत्पादनहरु ल्याउन हाम्रो लक्ष्यका साथ हामी हाम्रो मी फ्यानहरुको लागि कडा परिश्रम गर्न कोशिस गर्नेछौं ।’ उनले थपे, ‘हामी हाम्रो मी फ्यानहरूबाट प्राप्त अतुलनीय प्रेम र समर्थनको लागि आभारी छौं, जसले हामीलाई हरेक मार्गमा विश्वास गर्छन् ।

हाम्रो शुरूदेखि यहाँको यात्रा एउटा गजबको अनुभव हो र म साँच्चिकै विश्वास गर्दछु कि हामी सबैभन्दा उत्कृष्ट विशेषता, उच्च गुणस्तर र इमान्दार मूल्य निर्धारणमार्फत हाम्रा प्रयोगकर्ताहरूको प्रेम र विश्वास प्राप्त गर्ने हाम्रो प्रतिबद्धतासहित मानिसहरुको जीवनको ठुलो हिस्सा बन्नेछौं ।’

कम्पनीका अनुसार ब्राण्डले सफल फेस्टिव सेलकोे रूपमा बजारमा नियमित वृद्धि देख्यो । कम्पनी अनलाइन बिक्री साझेदार डराज डट कमको सबै सेल्स इभेन्टहरुमा नम्बर १ थियो र शाओमीको दशैं बिक्रीले ब्रान्डलाई ठूलो योगदान पु-याएको कम्पनीको दाबी छ ।

अफलाइन वृद्धिले समग्र वृृद्धिमा महत्वपूर्ण भूमिका खेल्नसक्ने भएकाले शाओमीले एक वर्षमा देशभरि ३५० मी प्रिफर्ड पार्टनर पसलसहित नौ सयभन्दा बढी अफलाइन साझेदारहरू स्थापना गरको थियो । जसले नेपालमा उनीहरूको उपस्थितिलाई सुदृढ बनाएको छ । कम्पनीसँग हाल विभिन्न स्थानहरुमा एक मजबुत वितरण नेटवर्क छ । उनीहरूले विशेष बिक्री सेवा केन्द्रहरुमार्फत बिक्री सेवाको साथसाथै नेपालमा ग्राहकहरुको आवश्यकता पूरा गर्न डेडिकेटड सर्भिस वेयरहाउसका साथ बजारमा आफ्नो स्थितिको सुदृढीकरण गरेका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया