Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकेएन ९५ मास्क रिचार्जरमा १ सय ७५ रुपैयाँमा

केएन ९५ मास्क रिचार्जरमा १ सय ७५ रुपैयाँमा


काठमाडौं, जेठ ८
मोबाइल एप रिचार्जरले विश्वबजारभन्दा सस्तो मूल्यमा ९५ मास्क उपलब्ध गराउने भएको छ । रिचार्जले निःशुल्क होम डेलिभरीसहित १ सय ७५ रुपैयाँमा ९५ मास्क उपलब्ध गराउनलागेको हो । रिचार्जरले सामाजिक उत्तरदायित्वअन्तर्गत अलिबाबा, अमेजनलगायतका प्लेटफर्मभन्दा पनि सस्तो मूल्यमा मास्क उपलब्ध गराउन लागिएको जनाएको छ । जेठ ८ गते बिहीबार मध्याह्न १ बजेदेखि २४ घण्टाको अवधिमा रिचार्जरबाट मास्क, थर्मल गन, पञ्जालगायतका सामानहरु सस्तोमा अर्डर गर्न सकिनेछ । यसरी अर्डर भएका सामान १२ देखि ७२ घण्टाभित्र प्रयोगकर्ताको घरमा पु¥याइनेछ । मानव अधिकार परिषद् नेपालका अध्यक्ष तुलसी थापाका साथै रिचार्जरका प्रतिनिधिले बजार अवलोकन गरेका थिए ।

सोपश्चात् रिचार्जरले कोरोना संक्रमण न्यूनीकरणका लागि आवश्यक पर्ने मास्क, पञ्जा, थर्मल गन, स्यानिटाइजर, पर्सनल प्रोटेक्सन किट्सलगायतका सामान नाफा नोक्सान नहेरी सस्तो मूल्यमा आफ्ना प्रयोगकर्तालाई उपलब्ध गराउन लागेको हो । ग्लोबल कि टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले आफ्नो जन्मोत्सवको अवसरमा यस्तो योजना ल्याएको भन्दै धेरैले सस्तोमा मास्क तथा अन्य सामान पाउने विश्वास व्यक्त गरे । एपमा मास्कको मूल्य २ सय रुपैयाँ रहने भए पनि २५ क्यास प्वाइन्ट रिडिम गरी १ सय ७५ रुपैयाँमा मास्क खरिद गर्न सकिने उनले बताए । गुगल प्ले तथा एप स्टोरबाट रिचार्जर डाउनलोड गरेर खाता सञ्चालन गरेपछि १०० क्यास प्वान्ट उपलब्ध हुनेछ । सोही क्यास प्वाइन्टको सहायताले नयाँ प्रयोगकर्ताले पनि १ सय ७५ रुपैयाँमा मास्क खरिद गर्नसक्ने उनले बताए । ‘यो मास्कको बजार मूल्य ५ सय ५० रुपैयाँसम्म छ, हामीले नाफा नोक्सान नहेरी हाम्रा प्रयोगकर्ताको सहजताका लागि सस्तोमा मास्क उपलब्ध गराएका हौं’, ग्लाइडरले भने ।

यसैगरी टाढैबाट शरीरको तापकक्रम मापन गर्नका लागि प्रयोग हुने थर्मल गन अन्यत्रभन्दा सस्तोमा ३ हजार ८ सय रुपैयाँमा उपलब्ध हुनेछ । बाहिरी बजारमा यो थर्मल गन ५ हजार रुपैयाँभन्दा माथिको मूल्यमा बिक्रीवितरण भइरहेको छ । मोबाइल, ल्यापटप, क्यामेरालगायतका विद्युतीय उपकरण बिक्री वितरणमा इ–हबका रुपमा परिचित रिचार्जर एपबाट सामान किन्दा विभिन्न वालेट सेवाप्रदायक, बैंक वित्तीय संस्थाका इन्टरनेट बैंकिङ, डेबिट तथा क्रेडिट कार्डका साथै सामान डेलिभरीका बेला पनि रकम भुक्तानी गर्न सकिन्छ । नेपाली एप हामी नेपालीहरुकै लागि भन्ने नाराको साथ सेवा दिँदै आएको रिचार्जरबाट मोबाइल रिचार्ज गर्दा शतप्रतिशत क्यास प्वाइन्ट पाइन्छ भने अन्य सेवामा २० प्रतिशत क्यास प्वाइन्ट पाइन्छ । यसरी पाइने क्यास प्वाइन्टलाई सामान किन्दा छुटको रुपमा प्रयोग गर्न सकिन्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया