Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपिअर्सनले बेलायतमा बसोबासका लागि आवेदन गर्नेलाई अंग्रेजी भाषाको परीक्षण गर्ने

पिअर्सनले बेलायतमा बसोबासका लागि आवेदन गर्नेलाई अंग्रेजी भाषाको परीक्षण गर्ने


काठमाडौं, जेठ १२
विश्वको सिकाइ कम्पनी पिअर्सनले बेलायतमा काम गर्न वा बस्न वा अध्ययन गर्न खोजिरहेका व्यक्तिहरूलाई तयारीका लागि मद्दत गर्न विश्वव्यापी स्थानहरूमा पीटीई परीक्षण बुक गर्न सकिने घोषणा गरेको छ । युके सरकारले पिअर्सनलाई बुकिङ खोल्न र चीनलगायत प्रारम्भिक २० स्थानहरुमा युके भिसा र आप्रवासन (युकेभीआई)को लागि सुरक्षित अंग्रेजी भाषा टेस्ट (सेल्ट) प्रदान गर्न अनुमोदन गरेको छ । बुकिङ सबै २० स्थानहरूमा लिन सकिन्छ, ११ स्थानहरू परीक्षणको लागि खोल्न सकिन्छ र बाँकी ९ वटा खोल्नका लागि एकपटक व्यक्तिगत कोभिड—१९ प्रतिबन्धहरू हट्नुपर्नेछ ।

बेलायतसहित बाँकी सबै सेल्ट परीक्षण स्थानहरू यस गर्मीको याममा चरणअनुसार सञ्चालन हुनेछन् । परीक्षण पिअर्सन भीयूई परीक्षण केन्द्र सञ्जालको माध्यमबाट वितरित गरिनेछ । सबै अपरेटिंग टेस्ट केन्द्रहरूले कोभिड—१९ को फैलावट रोक्नको लागि सामाजिक दूरीसहित, परीक्षण लिनेहरू र कर्मचारीहरूको सुरक्षालाई समर्थन गर्न सार्वजनिक स्वास्थ्य अधिकारीहरूबाट प्राप्त निर्देशन र सूचनाहरूको पालना गर्न जारी राख्ने बताइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया