पोखरा महोत्सवमा १२ करोडको कारोबार
पोखरा । १२औँ संस्करणको पोखरा महोत्सवमा १२ करोड बराबरको कारोबार भएको आयोजक पोखरा युनाइटेड क्लवले दावी गरेको छ । पुस २६ मा सुरु भएर माघ ८ गते सकिएको महोत्सवमा दुई लाखभन्दा बढी दर्शक पुगेको र १२ करोड बराबरको कारोबार भएको महोत्सवका अर्थ व्यवस्थापन संयोजक सूर्यबहादुर बानियाँले दावी गरे ।
महोत्सव आफ्नो लक्ष्य हासिल गर्दै सकिएको उनले बताए । महोत्सव समापनमा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले गत वर्ष यति एयरको जहाज दुर्घना भएको स्थानमा झोलुंगे पुल निर्माण हुने र यसमा पोखरा युनाइटेड क्लबसँग सहकार्य गर्ने बताए । उक्त क्षेत्रमा स्मृति स्तम्भ निर्माण गरिसकेको र सो क्षेत्रलाई पर्यटकीय गन्तब्य बनाउने गरी झोलुंगे पुल निर्माण गर्न लागिएको उनले स्पष्ट पारे ।
पोखरालाई नयाँ वर्ष अगाडि नै पर्यटकीय राजधानी घोषणा गर्ने बताउँदै आचार्यले पोखरामा आयोजना हुने मेला महोत्सवहरुले भाषा, कला, साहित्य, संस्कृतिको संरक्षणमा समेत टेवा पुग्ने बताए । रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले आगामी महोत्सवमा रुपा गाउँपालिकामा उत्पादन भएका कृषिजन्य सामग्री बिक्री वितरणका लागि गाउँपालिकासँग समन्वय गर्न आग्रह समेत गरे ।
कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले क्लबले महोत्सवको आयोजना गरि सामाजिक काम गर्नु आफैँमा चुनौतीपूर्ण कार्य रहेको बताउँदै सामाजिक सद्भाव कायम राख्न सम्पूर्ण एकजुट हुनुपर्नेमा जोड दिए । प्रा.डा.कृष्ण केसीले पोखरा महोत्सवले अमरसिंहचोकलाई चिनाउने काम गरेको बताए । उनले सेती नदी संरक्षणका लागि क्लबले वडा १० बाटै काम सुरु गर्ने गरी अवधारणा बनाउनसमेत सुझाव दिए ।
पोखरा १२ का वडाध्यक्ष सन्तोष बास्तोलाले क्लबले समाजिक काममार्फत जनतामा सकारात्मक सन्देश दिएको बताए । अमरसिंह मावि प्रधानाध्यापक शेरबहादुर थापाले अमरसिंहमा सभा हल अभाव रहेको बताउँदै युनाइटेड क्लबले त्यसतर्फ ध्यान दिन आग्रह गरे ।
युनाइटेट क्लबका अध्यक्ष राजु श्रेष्ठले क्लबले महोत्सवकै आयोजना गरी सामाजिक क्षेत्रमा काम गर्दै आएको बताए । कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष लोकबहादुर थापा, महासचिव तथा महोत्सव प्रचारप्रसार संयोजक दिनेश सुनारले पनि बोलेका थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- शीतल निवासमा राष्ट्रपतिसमक्ष थारू आयोगको प्रतिवेदन पेस
- पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान
- सहरी विकासमा युवाको सङ्लग्नता बढाउनु आजको आवश्यकता हो: उपप्रधानमन्त्री सिंह
- ३७ अंकले उक्लियो शेयर बजार
- पाँचखाल नगरप्रमुख खरेलद्वारा तीन वर्षको तलबभत्ता राहत कोषमा सहयोग गर्ने
- जसपा नेपालले पायो अन्तर्राष्ट्रिय सङ्गठन प्रोग्रेसिव अलान्सको सदस्यता
- दसैँ सुरु भएसँगै मानुङकोटमा पर्यटकको चहलपहल
- इरानमाथि आक्रमण गर्ने इजरायलको चेतावनी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया