जेन कन्फरेन्स आयोजना हुने
काठमाडौं । निमा एकेडेमी, एडचेन्ज नेपाल र जियोजेब्रा नेटवर्क अफ नेपालको संयुक्त आयोजनामा जेन कन्फेरेन्स १.० को आयोजना हुने भएको छ ।
राजधानीको ज्ञानेश्वरस्थित हन्च कम्प्लेक्समा आगामी ३ र ४ गते सो सम्मेलन गर्न लागिएको आयोजकले जनाएको छ । यो सम्मेलन, विद्यालयलाई एक्काइसौँ शताब्दीको प्रगतिशील नमुना विद्यालयको रूपमा कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित हुने बताइएको छ । सम्मेलनमा एक्काइसौँ शताब्दीका सिप तथा चुनौतीसम्बन्धी छलफल र वर्कसप हुनुका साथै शिक्षालाई युग सुहाउँदो बनाउन विभिन्न सोच तथा शैक्षिक आयाममाथि छलफल हुनेछ । प्रगतिशील विद्यालयको लागि आवश्यक पर्ने नेतृत्व विकास, शिक्षकको पेसागत विकास, आवश्यक शिक्षण प्रविधिको पहिचान सम्मेलनका मुख्य आकर्षण हुन् ।
सम्मेलनको घोषणापत्रमा एक्काइसौँ शताब्दीका लागि चाहिने सिपयुक्त विद्यार्थी तयार पार्न कस्तो रणनीति अपनाउनुपर्छ भन्ने कुरा उल्लेख गरिएको छ । सम्मेलनमा चार वटा विधामा विषय विशेषज्ञबाट प्रस्तुति दिइने छ । सम्बन्धित क्षेत्रका विज्ञले विद्यालयमा प्रोग्रेसिभ नेतृत्व, डिजिटल लर्निङ अभ्यास, पाठ्यव्रmममा नवीनता, शिक्षकको व्यावसायिक विकास, मूल्याङ्कन रणनीतिजस्ता थिममा रहेर आफ्नो ज्ञान तथा अनुभवको प्रस्तुति दिनेछन् ।
यस सम्मेलनमा गणित, कम्प्युटर, विज्ञानलगायत सम्पूर्ण विषय शिक्षकहरूलाई लक्षित हुने गरी वर्कसपको डिजाइन गरिएको छ । एक्काइसौँ शताब्दीका लागि योग्य विद्यार्थी तयार पार्न शिक्षकलाई जेन कन्फेरेन्स उपयोगी हुने विश्वास गरिएको छ । यस सम्मेलनमा विशेषगरी शिक्षा क्षेत्रमा कार्यरत वा रूचि राख्ने जो कोही पनि भाग लिन सक्ने छन् । सम्मेलनमा करिब दुई सय जना सहभागीको अपेक्षा राखिएको आयोजकले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 7
ताजा अपडेट
- ‘सर्वोच्चको फैसलाविरुद्ध तत्काल पुनरावलोकनमा जानुपर्छ’
- लेदो माटोले नौबिसे नागढुङ्गा सडक दुईतर्फि अवरुद्ध
- ‘हेलो सरकार, खाजा खाएर कर्मचारी फर्किएनन्’
- सिरियामा विभिन्न ठाउँमा इजरेली हवाई आक्रमण, कम्तीमा १६ जनाको मृत्यु
- सौर्य एअरलाइन्सको विमान दुर्घटना जाँच आयोगको प्रारम्भिक प्रतिवेदनले उठाएका प्रश्न र गरेका सिफारिस
- आगामी १५ दिन सम्मका लागि बन्दीपुर केबलकार बन्द
- ‘तटीय क्षेत्रसम्बन्धी फैसालाको पुनरावलोकनमा जान विलम्ब नगरौँ’
- ‘मुलुकलाई अस्थिरताबाट जोगाउन कांग्रेस–एमाले गठबन्धन भएको हो’
धेरैले पढेको
- भौतिक मन्त्रालयकै पूर्वसहसचिव घुस दिएर ‘लाइसेन्स’ लिन बाध्य
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया