लर्डबुद्ध एजुकेसन र माइक्रोसफ्टबीच सम्झौता
काठमाडौं । सूचना प्रविधिसम्बन्धी कलेज लर्डबुद्ध एजुकेसन फाउन्डेसन र माइक्रोसफ्ट कम्पनीबीच शैक्षिक सहकार्य गर्ने समझदारी बनेको छ ।
फाउन्डेसनका अध्यक्ष पंकज जालान र माइक्रोसफ्टका नेपाल, बङ्गलादेश एवम् भुटान हेर्ने निर्देशक योसुप फारुखबीच शैक्षिक सहकार्य गर्ने समझदारी भएको हो । लर्डबुद्ध एजुकेसन फाउन्डेसनको सभाहलमा नेपाल क्लाउड प्रोफेसनलद्वारा आयोजित डट नेट सम्मेलनपछि माइक्रोसफ्टका निर्देशक फारुख र फाउन्डेसनका अध्यक्ष जालानबीच शैक्षिक सहकार्यको समझदारी बनेको कलेजले जनाएको छ ।
फाउन्डेसनले नेपाल क्लाउड प्रोफेसनलसँग समेत सूचना प्रविधिको क्षेत्रमा सहकार्य गरेको छ । सूचना प्रविधिको विकासका लागि शैक्षिक क्षेत्र, दक्ष जनशक्ति उत्पादनलगायतका विषयमा लर्डबुद्धले सहकार्य गर्दै आएको छ ।
नेपालको शैक्षिक र आर्थिक विकासमा सूचना प्रविधिको मुख्य भूमिका रहेकाले सम्बन्धित विभिन्न निकायमा सहकार्य गर्दै आएको अध्यक्ष जालानले बताए । विद्यार्थी पढ्दै कमाउँदै नीतिलाई फाउन्डेसनले व्यावहारिक कार्यान्वयन गर्दै आएको उनको भनाइ छ । माइक्रोसफ्टका निर्देशक फारुखले नयाँ–नयाँ प्रविधिको विकास कम्पनीको उच्च प्राथमिकतामा सधैँ रहने बताए । औद्योगिक र व्यावसायिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव पूरा गर्नका लागि कम्पनी सदैव तयार रहेको फारुखले बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- कर्पोरेट डेभलमेन्ट बैंकको नाफा २१ लाख ६८ हजार
- गरिमा विकास बैंकको पहिलो त्रैमासिक नाफा २२ करोड ५७ लाख
- श्री इन्भेस्टमेन्टको नाफा ४१ लाख
- नारायणी डेभलपमेन्ट बैंक घाटामा
- कालीगण्डकी करिडोर: म्याग्दीको दाना खण्डमा धमाधम कालोपत्र हुँदै
- म्याग्दीको ग्रामीण भेगमा कोदोखेती विस्तार
- बाढीले बगर बनायो गोटीखेल बजार, छ अर्बका संरचना ध्वस्त
- ठगीको गरेको अभियोगमा गुरूङ र पराजुली पक्राउ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया