Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगखराब मौसमका कारण लुक्ला र फाप्लुको उडान अवरुद्ध

खराब मौसमका कारण लुक्ला र फाप्लुको उडान अवरुद्ध


काठमाडौँ । लुक्ला र फाप्लुको उडान खराब मौसमका कारण अवरुद्ध भएको छ । मुगुको लुक्ला र सोलुखुम्बुको फाप्लु विमानस्थलमा शनिबारदेखि मौसम खराब हुँदा उडान र अवतरण हुन नसकेको हो ।

त्रिभुवन विमानस्थलमा उडान र अवतरण नरोकिए पनि हिमाली जिल्लाका विमानस्थल लुक्ला र फाप्लु विमानस्थलमा भिजिबिलिटी नहुँदा विमान उडान र अवतरण हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले बताए । मौसममा सुधार भएपछि मात्र उडान र अवतरण हुनेछ । उडान हुन नसक्दा पर्यटकहरु अलपत्र परेका छन् ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार पश्चिमी वायुको प्रभावले कोशी र मधेश प्रदेश बाहेकका पाँच प्रदेशमा सामान्य वर्षा भएको छ । यी दुई प्रदेशको मौसम भने आंशिकदेखि पूर्णतया बदली भएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भइरहेको उनको भनाइ छ। सोमबार बिहानबाट मौसममा क्रमशः सुधार हुँदै जाने मानन्धरले बताइन ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया