Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगवर्ल्ड कार अवार्डमा बीवाईडी शीर्ष तीनमा

वर्ल्ड कार अवार्डमा बीवाईडी शीर्ष तीनमा


काठमाडौं । जेनेभा मोटर सोमा वल्र्ड कार अवार्ड २०२४ का लागि शीर्ष तीन अन्तिम प्रतियोगीको घोषणा गरिएको छ । बीवाईडीको मोडल सिलले ‘वल्र्ड कार ओफ द एअर’ र डल्फिनले ‘वल्र्ड अरबन कार’ श्रेणीहरूमा टप तीन स्थान हासिल गरेका छन् ।

बीवाईडीले वल्र्ड कार अवार्ड श्रेणीको शीर्ष तीनमा सूचीकृत हुने पहिलो र एक मात्र चिनियाँ कार निर्माताको इतिहास बनाएको छ । विश्वभरको प्रमुख अटोमोटिभ परिचालनका महत्वपूर्ण पुरस्कारको रूपमा चिनिएका ‘वल्र्ड कार अवार्ड’ ‘युरोपियन कार अफ द एयर’ र ‘नर्थ अमेरिकन कार अफ द एयर’ अत्यधिकरूपमा प्रशंसित छन् । विश्वमा अटोमोटिभ ओस्करको नाममा प्रसिद्ध भएको वल्र्ड कार अवार्ड अटोमोटिभ उद्योगमा धेरै प्रतीक्षित कार्यक्रमको रूपमा विशेष चर्चा गरिने गरिन्छ । बीवाईडीको असाधारण प्रदर्शनले नै यसलाई विश्वकै प्रमुख विद्युतीय सवारीसाधनको नेतृत्वको स्थानमा पुर्याएको कम्पनीको दाबी छ ।

यी दुई मोडेलहरूले आफ्नो विशेष डिजाइन, असाधारण प्रविधि र मजबुत सुरक्षा विशेषताहरूको कारण २९ देशका एक सय अटोमोटिभ मिडिया तथा विश्वभरका विशेषज्ञहरूको ध्यान आकर्षित गरेको कम्पनीको भनाइ छ । २०२३ मा कम्पनीको सिल र डल्फिनले युरो एक्याप र एएनक्याप परीक्षणमा पनि पाँच–ताराको रेटिङ प्राप्त गरेका थिए । बीवाईडी सिललाई ‘युरोपियन कार ओफ द एयर २०२४’को अन्तिम चरणका लागि पनि नामाङ्कित गरिएको थियो ।

विद्युतीय सवारीसाधन क्षेत्रमा अग्रणीको रूपमा बीवाईडीले २०२३ मा ३० लाख विद्युतीय सवारीसाधन बिक्री गरेको जनाएको छ । अहिलेसम्म, कम्पनीले छ महादेशका ७० देशका चार सयभन्दा बढी सहरहरूमा प्रभावकारी उपस्थिति प्रस्तुति गरिसकेको छ । २०२३ मा कम्पनीले थाइल्यान्ड, सिङ्गापुर, कोलम्बिया, र ब्राजिललगायतका देशहरूमा आफ्नो बजार विस्तार गरेको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया