Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभिभो भी३०ः नवीन स्मार्टफोनको नयाँ अध्याय

भिभो भी३०ः नवीन स्मार्टफोनको नयाँ अध्याय


काठमाडौं । प्राविधिक उत्साहीहरूका लागि बहुप्रतिक्षित स्मार्टफोन भिभो भी३० आक्रामक मूल्य विन्दुमा आकर्षक विशेषतासहित आधिकारिकरूपमा नेपालमा सार्वजनिक भएको छ ।

औरा लाइट पोट्रेट टेक्नोलोजीलाई अपग्रेड गरिएको भिभो भी३० मात्र ६० हजार नौ सय ९९ रुपैयाँ मूल्यमा सार्वजनिक गरिएको छ । यो फोनले स्मार्टफोन फोटोग्राफीमा क्रान्तिकारीरूपमा परिवर्तन गर्ने कम्पनीको दाबी छ । साथै, भी३० लाई प्रतिस्पर्धाबाट अलग बनाउने धेरै सुविधाहरू छन् । प्रारम्भिकरूपमा यसको अपग्रेड गरिएको औरा लाइट पोट्र्रेट टेक्नोलोजीले ठूला, कम प्रकाशका क्षेत्रहरू र टाढाको–संवेदनशील प्रकाशको साथ आकर्षक पोट्र्रेट फोटोग्राफी प्रदान गर्छ । भी३० मा ५० मेगापिक्सलको अटोफोकस अल्ट्रा वाइड–एंगल क्यामेरा रहेको छ, यसले ग्रुपको विशेष क्षणहरू र कम–प्रकाश दृश्यहरूलाई सहज र सुन्दररूपमा कैद गर्छ । यी विशेषताहरू अन्य प्रतिस्पर्धी स्मार्टफोनमा उपलब्ध छैन ।

भी३० मा भिजुअल अनुभव वृद्धि गर्नका लागि थ्रिडी कर्भ स्क्रिन र सिल्की–स्मुद एक सय २० हर्जको रिफ्रेस रेट छ । यो निकै आकर्षक स्मार्टफोन भी३० सौन्दर्य र प्रविधिको उत्कृष्ट फ्युजन हो । भी३० दुई अद्वितीय रङ भेरियन्टहरू यूभी लाइटमा गहिरो निलो रंगमा परिवर्तन हुने पिकक ग्रिन र फ्लोराइट एजी ग्लासबाट बनेको नोबल ब्ल्याकमा उपलब्ध हुने छन् । भिभो भी३० क्वालकम स्न्यापड्रैगन ७ जेन ३ द्वारा सञ्चालित छ, जसले न्यूनतम पावर खपत गर्दै सिमलेस मल्टिटास्किङ र गेमिङ सुनिश्चित गर्दछ । साथै, यसमा विशाल ५००० एमएएच ब्याट्री र ८० वाट फ्ल्यास चार्ज रहेको छ ।

यसैगरी भिभोले प्रि–बुक बोनान्जाको साथ स्मार्टफोन खरिदमा अझै मिठास थपेको छ । भिभोले भी३० मा मार्च ७ तारिखदेखि १३ तारिखसम्म प्रि–बुकिङ खुला गरेको छ । यो दौरानमा कुनै पनि आधिकारिक रिटेल स्टोरबाट प्रयोगकर्ताहरूले तीन हजार रुपैयाँमा प्रि–अर्डर गर्दा भिभोको टीडब्लुएस ३ई इयरबड निःशुल्क प्राप्त गर्न सक्नेछन् । मार्च १४ देखि देशभरका सबै मुख्य रिटेल स्टोरहरू र दराजमा सहजै भिभो भी३० खरिद गर्न सक्नेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया