Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगश्री एयरलाइन्सको जहाज चार्टर्डमार्फत कैलाश मानसरोवरको दर्शन

श्री एयरलाइन्सको जहाज चार्टर्डमार्फत कैलाश मानसरोवरको दर्शन


काठमाडौं  । महाशिवरात्रिको अवसरमा नेपालको पथिल होलिडेजले नयाँ दिल्लीको ट्राभल कम्पनी ‘ट्रिप टू टेम्पल्स’सँगको समन्वयमा भारतीय तीर्थयात्रीको कैलाश मानसरोवरको दर्शन गराएको छ ।

पथिल होलिडेजले नेपालगञ्जबाट श्री एयरलाइन्सको जहाज चार्टर्ड गरी एक सय ५० जना भारतीय तीर्थयात्रीलाई कैलाश मानसरोवरको दर्शन गराएको हो । चीनको तिब्बतमा रहेको हिन्दु धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल कैलाश मानसरोवरको दर्शन आकाशबाटै गराइएको कम्पनीले जनाएको छ । माउन्टेन फ्लाइटबाट कैलाश पर्वत र मानसरोवरको दर्शनसँगै रावणले तपस्या गरेको राक्षस ताल, अपि र सैपाल हिमाललगायतको आकर्षक दृश्यावलोकन गर्न पाइन्छ । कोभिडअघि वार्षिक करिब १४ हजार भारतीय पर्यटक नेपालगञ्ज रुटबाट मानसरोवर पुग्ने गरेका थिए । कोभिडपछि भारतीय पर्यटकलाई चीनले भिसा नदिएपछि यो रुट सुनसान बनेको छ । जसको सिधा असर सो रुटको पर्यटन व्यवसायमा परेको छ ।

यसअघि बाँकेको रुपैडिया नाका हुँदै मानसरोवर जाने पर्यटक नेपालगञ्जबाट जहाजमा सिमिकोट गएर एकरात त्यहाँ बास बस्ने र सिमिकोटबाट हिल्ससम्म हेकिकप्टरमा गएर हिल्साबाट दुई दिनमा चिनियाँ बसमा ताक्लाकोट हुँदै मानसरोवर पुग्थे । मानसरोवरको रुटको चहलपहल कम भएपछि नेपालगञ्जको पर्यटन सुस्ताएको समयमा पथिल होलिडेजले पर्यटकीय गतिविधि बढाउन र भिसाका कारण रोकिएका भारतीय पर्यटकलाई मानसरोवर दर्शन गराउने उद्देश्यले मानसरोवरको माउन्टेन फ्लाइट सुरू गरेको पथिल होलिडेजका प्रबन्ध निर्देशक महेश गौतमले जानकारी दिए ।

कैलाश मानसरोवरको दर्शन गर्न चाहने भारतीय पर्यटकहरूका लागि नयाँ गन्तव्यको रूपमा विकास हुने ट्रिप टू टेम्पल्सका प्रबन्ध निर्देशक विकास मिश्राले बताए । भारतीय ट्राभल कम्पनी ट्रिप टू टेम्पल्सले भारतका विभिन्न राज्यका नागरिकहरूलाई तीर्थयात्रा गराउँदै आएको छ । यस अगाडि पथिल होलिडेज र ट्रिप टू टेम्पल्सले श्री एअरलाइन्सको समन्वयमा गत माघ १५ देखि कैलाश मानसरोवरको माउन्टेन फ्लाइट सुरुवात गरेको थियो । भारतीय पर्यटकलाई लक्षित गर्दै आगामी दिनमा पनि माउन्टेन फ्लाइटमार्फत कैलाश–मानसरोवर दर्शनका लागि हरेक हप्ता उडान गराउने उद्देश्य रहेको मिश्राले बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया