चिम्नी र इमर्जेन्सी बल्ब अनावरण
काठमाडौं । ईओएल प्रालिले हालै बजारमा नयाँ चिम्नी र एलईडी बल्बको अनावरण गरेको छ । कम्पनीले ब्रान्ड एम्बेसडर अभिनेत्री सुरक्षा पन्त र डिलरहरूको उपस्थितिमा राजधानीमा एक कार्यक्रमको आयोजना गरी चिम्नी र एलईडी बल्बको अनावरण गरेको हो ।
कार्यक्रममा कम्पनीका चार नयाँ मोडलका चिम्नीहरू अनावरण गरिएको थियो । कम्पनीका अनुसार एचएसी फिल्टरलेस सिरिजमा ९० सेमी र ७५ सेमीमा उपलब्ध छ । उच्च सक्सन पावर, अटो क्लिन टेक्नोलोजी र मोसन सेन्सर, उत्कृष्ट फिचर भएको यी चिम्नीहरूको मूल्य क्रमशः २६ हजार पाँच सय ९० रुपैयाँ र २५ हजार सात सय ९० रुपैयाँ रहेको छ । यसैगरी एचएसी फिल्टर शृङ्खलामा सिटी ९० डीबीडीएक्स मोडेल अपग्रेड गरेर लन्च गरिएको छ । यसमा बाफल फिल्टर, अटो क्लिन टेक्नोलोजी, टेम्पर्ड ग्लास र टच÷मोसन कन्ट्रोल छ । यसको मूल्य २९ हजार एक सय ९० रुपैयाँ रहेको कम्पनीले जनाएको छ । तीनवटै मोडलहरू उत्कृष्ट रहेको र मोटरमा पाँच वर्षको वारेन्टी हुने कम्पनीको भनाइ छ ।
अनावरण गरिएको चौथो मोडेल सिटी ७५ वाईसीको मूल्य २२ हजार तीन सय ९० रुपैयाँ रहेको छ । यसमा उच्च सक्सन पावर, टच र मोसन कन्ट्रोलसहितको बाफल फिल्टर र ७५ सेमीमा उपलब्ध छ । यसको मोटरमा दुई वर्षको वारेन्टी रहेको छ । विद्युतीय सामग्रीमा, पाँच घण्टा ब्याट्री ब्याकअप, द्रूत चार्जिङ, २२ सय एमएएच लि–आईओन ब्याट्रीजस्ता उत्कृष्ट सुविधाहरू भएको नौ वाट इमर्जेन्सी बल्ब पहिलोपटक उक्त कार्यक्रममा अनावरण गरिएको छ । यसमा १२ महिनाको वारेन्टी र फ्रि होल्डर रहेको बताइएको छ । यसको मूल्य सात सय ५० रुपैयाँ रहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- शीतल निवासमा राष्ट्रपतिसमक्ष थारू आयोगको प्रतिवेदन पेस
- पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान
- सहरी विकासमा युवाको सङ्लग्नता बढाउनु आजको आवश्यकता हो: उपप्रधानमन्त्री सिंह
- ३७ अंकले उक्लियो शेयर बजार
- पाँचखाल नगरप्रमुख खरेलद्वारा तीन वर्षको तलबभत्ता राहत कोषमा सहयोग गर्ने
- जसपा नेपालले पायो अन्तर्राष्ट्रिय सङ्गठन प्रोग्रेसिव अलान्सको सदस्यता
- दसैँ सुरु भएसँगै मानुङकोटमा पर्यटकको चहलपहल
- इरानमाथि आक्रमण गर्ने इजरायलको चेतावनी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया