Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसोलुखुम्बुको लुक्लासम्म नियमित उडान सुरु

सोलुखुम्बुको लुक्लासम्म नियमित उडान सुरु


मन्थली (रामेछाप) । रामेछापको मन्थली विमानस्थलबाट लुक्लाका लागि दैनिक उडान सुरु भएको छ । आइतबारदेखि सोलुखुम्बुको लुक्लासम्म तारा, समिट र सीता एयरले नियमित उडान भर्न थालेपछि पर्यटकका लागि सहज हुने ठानिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पर्यटकीय मौसमको बेला व्यस्त हुने भएकाले ट्राफिक जाम नहोस् भनी एयरलाइन्सहरुले पर्यटकलाई मन्थलीसम्म गाडीमा ल्याएर लुक्लाको लागि उडान भर्ने गरेका छन् ।

वर्षको दुई पटक पदयात्रा र आरोहणका लागि पर्यटक यहाँ आउने गर्छन् । यसअघि असोजको पहिलो सातादेखि मङ्सिरको पहिलो सातासम्म खुम्बुक्षेत्र घुम्न जाने पर्यटक धेरै हुने गर्दथे । तारा एयरका रामेछाप इन्चार्ज प्रवीण सुवेदीले यसवर्ष चैतदेखि जेठभित्र घुम्न आउने पर्यटकको सङ्ख्या धेरै भएको बताए । शुक्रबारदेखि उडान सुरु गरेपनि मौसमले साथ नदिएको उनको भनाइ छ ।

आइतबारदेखि मौसम खुलेसँगै नियमित उडान सुरु गरिएको नागरिक उड्ययन प्राधिकरण रामेछापकी निमित्त कार्यालय प्रमुख पुजा थापाले बताइन् । मन्थलीमा हवाई इन्धनसहितको व्यवस्था गरिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया