भैरहवाको ‘सिद्धार्थ भिलासा’लाई पाँच तारे होटलको मान्यता
काठमाडौं । सिद्धार्थ हस्पिटालिटी ग्रुपले सन्चालन्मा ल्याएको भैरहवाको ‘सिद्धार्थ भिलासा’ले पाँच तारे होटलस्तरको मान्यता पाएको छ । पर्यटन विभागले हालै होटलको स्थलगत अनुगमन तथा निरीक्षण गरी स्तरोन्नति गरेको हो ।
‘लुम्बिनी प्रदेशमा सञ्चालित उक्त होटललाई पर्यटन ऐनअनुसार पाँच तारास्तरको होटलमा स्तर वर्गीकरण गरी यो इजाजतपत्र दिइएको छ’ पर्यटन विभागले भनेको छ । करिब पाँच बिगाहा क्षेत्रफलमा विस्तारित होटलमा एउटा भिलासा भिएक्जुकेटिभ स्विट, दुई वटा स्विट, पाँच वटा जुनियर स्विट र ७७ एक्जुकेटिभ डिलक्स गरी ८५ वटा रुम रहेका छन् । होटलमा साना ठूला गरी पाँच वटा कन्फ्रेरेन्स हल र पाँच वटै रेस्टुरेन्ट आउटलेट रहेका छन् । होटलमा १५ सय जना क्षमताको ब्याङ्वेट हल रहेको सिद्धार्थ हस्पिटालिटीका ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए ।
होटलमा जिम, ज्याकुजी, स्टिम, स्पालगायत वेल्नेस सुविधा उपलब्ध छन् । हाल दुई सय जनाले रोजगारी पाएकोमा अब केही समयमै क्यासिनो सञ्चालनपश्चात झण्डै पाँच सय जनालाई रोजगारी मिल्ने सीईओ न्यौपानेले बताए । नेपालकै उत्कृष्ट क्यासिनो सञ्चालन गर्न सकिने गरी क्यासिनोको लागि संरचना समेत निर्माण भइसकेको छ । यस्तै यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा यस होटलले ठूलो भूमिका निर्वाह गर्ने कम्पनीका अध्यक्ष लक्ष्मण न्यौपानेले बताए ।
यस्तै, यही ग्रुपको कपिलवस्तुको चन्द्रौटामा अवस्थित ‘सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्ट’ले पनि हालै चार तारे होटलस्तरको मान्यता पाएको छ । २५ विघा क्षेत्रफलमा विस्तारित रिसोर्टमा २० डिलक्स, ६२ वटा सुपर डिलक्स, दुई वटा स्विट रुम गरी ८४ वटा रुम रहेका छन् । साथै, साना ठूला गरी पाँच वटा कन्फ्रेरेन्स हल रहेको यस रिसोर्टमा रहेको पोखरीमा मोटरबोट सयर गर्न पाइन्छ । सोही पोखरीमा होटलको ‘फिस फार्म’ समेत रहेको छ । रिसोर्टमा ज्याकुजी, स्पालगायत सुविधा उपलब्ध छन् । हालसम्म ७५ जनाले रोजगारी पाएकोमा अब केही समयमै क्यासिनो सञ्चालनपश्चात झण्डै तीन सय ८० जनालाई रोजगारी मिल्ने सीईओ न्यौपानेले बताए ।
सिद्धार्थ ग्रुपले ‘भिजन २०३०’ को योजनाअन्तर्गत सन् २०३० सम्ममा स्वदेश तथा विदेशमा कम्तीमा ५८ वटा साना तथा ठूला आउटलेट सञ्चालन गर्ने योजना बनाएको छ । अगामी वर्ष कैलालीको धनगढी र तनहुँको दमौलीमा नयाँ होटल र रुपन्देहीको योगीकुटीमा ब्याङ्क्वेटसहितको रेस्टुरेन्ट सञ्चालनमा ल्याउने योजना छ । त्यस्तै आगामी वर्षभित्रै पृथ्वी राजमार्गमा रहेको सिद्धार्थ रिभरसाइड रिसोर्टलाई चार तारेमा स्तरोन्नति गर्ने योजना अनुरुप काम भइरहेको न्यौपानेले जानकारी दिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- प्रधानमन्त्रीसँग बङ्गलादेशका मन्त्री हसनको शिष्टाचार भेट
- कृषकका उत्पादनको सरकारले बजारीकरण गर्छ: मन्त्री भण्डारी
- विपद् प्रभावितलाई राहत सामग्री हस्तान्तरण
- विपद्को समयमा सही सूचना प्रवाह गर्न आयोगको निर्देशन
- पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर
- जलेश्वरको प्रसिद्ध राजदेवी माता मन्दिर डुबानमा
- बाढीपहिरो र डुबान प्रभावित १७ हजार भन्दा बढीको उद्धार: गृह मन्त्रालय
- ह्वाट्सएपद्वारा नयाँ भिडियो कल अपडेटको घोषणा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया