वाणिज्य महासंघ कोशीको भ्रमण
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले व्यवसायीहरू बीचमा अनुभव आदान प्रदान गर्न भ्रमणको आयोजना गरेको छ । महासंघले कोशी प्रदेशका जिल्ला तथा नगर उद्योग वाणिज्य संघका सचिवालय प्रमुखहरूलाई मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा रहेका उद्योग वाणिज्य महासंघ तथा जिल्ला र नगर उद्योग वाणिज्य संघहरूमा भ्रमण गराएको हो ।
कोशी प्रदेशसहित अन्य प्रदेशका उद्योग वाणिज्य महासंघ तथा संघहरूको सचिवालय व्यवस्थापन, नियमित र विकासमूलक कार्यक्रम कार्यान्वयन, संस्थागत सुशासन, स्रोत व्यवस्थापनजस्ता विषयमा रहेका असल अभ्यासबारे जानकारी लिने र आफ्नो अनुभव सम्बन्धित पक्षसँग साट्ने उद्देश्यका साथ यो भ्रमण गरिएको महासंघ कोशी प्रदेशका निर्देशक राधारमण भण्डारीले जानकारी दिए । गत चैत्र १६ गते देखि २० गतेसम्म महासंघले पाँच दिन भ्रमणको आयोजना गरेको थियो । द एसिया फाउन्डेसनको सहयोग तथा कम्युनिटी इन्गेजमेन्टस एन्ड आउटरिच प्रालिसँगको सहकार्यमा सो भ्रमण कार्यक्रम सञ्चालन गरिएको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- दशैं बिदा अघिको अन्तिम दिनको शेयर बजार
- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण
- बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै
- डेङ्गुबाट गण्डकीमा सातजनाको मृत्यु
- मनसुन क्रमश: कमजोर हुँदै
- नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
- जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
- आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया