‘पठाओ फुड फेस्ट’ सुरु
काठमाडौं । पठाओ नेपालले पठाओ फुड फेस्ट, २०२४ सुरु गरेको छ । सन् २०२३ जुनमा पहिलो पठाओ फुड फेस्टको अपार सफलतापछि कम्पनीले काठमाडौंवासीलाई त्यही अनुभूति गराउने उद्देश्यले शनिबारदेखि फेरि फुड फेस्ट सुरु गरेको हो ।
नोस्टाल्जिया मार्केटिङमार्फत ‘अब भान्सामा ताल्चा लगाउँदा हुन्छ’ भन्ने नाराका साथ फुड फेस्ट आयोजना गरिएको कम्पनीले जनाएको छ । फेस्टमा पहिलेभन्दा अझ धेरै विभिन्न आकर्षक अफर र छुट उपलब्ध गराइएको कम्पनीका मार्केटिङ हेड सुरक्षा हमालले जानकारी दिइन् । यस फेस्टमा पनि पठाओको आफ्नै पुरानो शैलीमा विभिन्न अफरहरू राखिएको छ, जसमा एक रुपैयाँमा पिज्जा, बर्गर ममः र बिर्यानीलगायत अर्डर गर्न पाइनेछ । फ्राइज किन्दा बर्गर फ्रि, केचप किन्दा पिज्जा फ्रिलगायतका अफरसँगै अर्डरहरूमा ८० प्रतिशतसम्मको छुट उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ ।
साथै, ग्राहकले हरेक अर्डरमा हातै खाली नजाने स्क्रयाच कार्ड पनि पाउनेछन् । यस्तै, हरेक फेस्टका पार्टनर तथा रेस्टुराँ र कम्पनीका तर्फबाट आकर्षक छुट भौचारहरू पनि जित्न सकिनेछ । यस पठाओ फुड फेस्ट २०२४ को पार्टनरमा धुलिखेल जिपलाइन, चन्द्रागिरि प्याराग्लाइडिङ र बेलुन नेपाल, गितार सप, इना सेन्टर, यति एयरलाइन्स, सिजी इन्टरनेट, प्याङ्क बाइक, डोल्पो, अल्टिमा, माक्कुसे, मिशिसा, जीभी, ब्लेस, मिनिसो, र्याप्सी, न्यु–मिउ, ऊप्स, क्युबेक्स छन् । फुड फेस्टको अवधिमा हरेक साता लक्की ड्रमार्फत साप्ताहिक विजेता घोषणा गरिनेछ । विजेताले फुड फेस्टको पार्टनर कम्पनीबाट विभिन्न आकर्षक उपहारहरू जित्ने मौका प्राप्त गर्नेछन् ।
सो अवधिमा फुड डेलिभरी गर्ने पठाओ हिरोहरूमध्ये १० जनाले एयरबर्ड, डोल्पोको ज्याकेट र ट्राउजरसँगै न्यु मिउको चस्मा पाउनेछन् । त्यस्तै, बम्परमा दुई जना पठाओ हिरोले आल्मुनियम गेयर साइकल र नगद उपहार समेत प्राप्त गर्नेछन् । साथै, हरेक साता एक जनाले ‘मिनिसो ३० सेकेन्ड च्यालेन्ज विथ पठाओ सपिङ’ गर्न पाउनेछन् । यसमा भाग लिन र छनोट हुनका लागि ग्राहकहरूले मिनिसो र पठाओलाई ट्याग गरेर पठाओ फुडफेस्टसम्बन्धी भिडियो बनाउनुपर्नेछ । भिडियो बनाउनेमध्ये एक जना भाग्यशाली ग्राहकले हरेक साता मिनिसोको सिलिभ मल वा राइजिङ मल वा जावालाखेलको आउटलेटमा ३० सेकेन्डका लागि निःशुल्क सपिङको मौका पाउने कम्पनीले जनाएको छ । त्यस्तै, एक जना लक्की विजेताले फुड फेस्टको अन्तिम साता अप्रिल २०–२६ मा भने ब्लेसको सिभिल मलको आउटलेटमा पनि ३० सेकेन्डका लागि निःशुल्क सपिङ गर्न पाइनेछन् ।
साथै, फेस्ट सकिएपछि बम्पर प्राइजअन्तर्गत एक भाग्यशाली विजेताले आइफोन १५ जित्न सक्ने अवसर छ । साप्ताहिक तथा बम्पर विजेता भने अभियानका क्रममा धेरै अर्डर गर्ने ग्राहकबाट चयन गरिने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- शीतल निवासमा राष्ट्रपतिसमक्ष थारू आयोगको प्रतिवेदन पेस
- पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान
- सहरी विकासमा युवाको सङ्लग्नता बढाउनु आजको आवश्यकता हो: उपप्रधानमन्त्री सिंह
- ३७ अंकले उक्लियो शेयर बजार
- पाँचखाल नगरप्रमुख खरेलद्वारा तीन वर्षको तलबभत्ता राहत कोषमा सहयोग गर्ने
- जसपा नेपालले पायो अन्तर्राष्ट्रिय सङ्गठन प्रोग्रेसिव अलान्सको सदस्यता
- दसैँ सुरु भएसँगै मानुङकोटमा पर्यटकको चहलपहल
- इरानमाथि आक्रमण गर्ने इजरायलको चेतावनी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया