Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनिर्माण व्यवसायी संघ दोलखाको अध्यक्षमा थापा

निर्माण व्यवसायी संघ दोलखाको अध्यक्षमा थापा


दोलखा । दोलखा जिल्ला निर्माण व्यवसायी संघको अध्यक्षमा राजेश थापा निर्वाचित भएका छन् । संघको आठौँ जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । नयाँ नेतृत्व चयनको लागि शनिबार भएको निर्वाचनमा थापाले कृष्ण पाख्रिनलाई तीन मतले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । थापाले ९० मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा पाख्रिनले ८७ मत प्राप्त गरे । यस्तै, संघको वरिष्ठ उपाध्यक्षमा छविलाल तामाङ निर्वाचित भएका छन् । तामाङले एक सय तीन मत प्राप्त गर्दा अर्का उम्मेदवार हरिबहादुर श्रेष्ठले भने ७३ मत मात्रै पाए । यसैगरी प्रथम उपाध्यक्षमा ९४ मतसहित इन्द्रकुमार श्रेष्ठ विजयी भए । उनका प्रतिद्वन्द्वी कृष्ण दाहालले ८२ मत ल्याए । यस्तै, द्वितीय उपाध्यक्ष रमेश तामाङ ६५ मत ल्याएर विजयी भए । तामाङका दुई प्रतिस्पर्धी गणेशविक्रम शाहीले ६३ र नवराज श्रेष्ठले ४६ मत पाए ।

यसैगरी संघको सचिवमा रोशन श्रेष्ठ निर्वाचित भएका छन् । रोशनले ९२ मत ल्याउँदा अर्का उम्मेदवार अनिल श्रेष्ठले ८१ मत ल्याए । संघको कोषाध्यक्षमा एक सय एक मत ल्याएर गणेशबहादुर थापा निर्वाचित भएका छन् । अर्का उम्मेदवार किशोरकुमार लामाले ७४ मत ल्याएको निर्वाचन समितिले जनाएको छ । संघको महासचिव, द्वितीय उपाध्यक्ष र सहकोषाध्यक्ष भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । महासचिवमा लालबहादुर तामाङ, द्वितीय उपाध्यक्षमा मनोजकुमार श्रेष्ठ र सहकोषाध्यक्षमा विष्णुप्रसाद उप्रेती निर्विरोध निर्वाचित भएका हुन् । संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा एक सय ७९ मत खसेको थियो । कुल एक सय ९२ जना मतदाता रहेकोमा एक सय ७९ मत खसेको निर्वाचन समितिका संयोजक शम्भु गौतमले जानकारी दिए । संघको सदस्यहरूमा भने भीष्मप्रकाश खड्का, प्रलाद कार्की विदुर, रोशन काफ्लेलगायत १२ जना निर्वाचित भएका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया