Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगइ– सेवाको ‘एस्क्रो’ सुविधा

इ– सेवाको ‘एस्क्रो’ सुविधा


काठमाडौं । इ–सेवाले नयाँ सेवाको विस्तार गरेको छ । इ–सेवाले ग्राहकहरूको सजिलोको लागि एस्क्रो सुविधा प्रयोगमा ल्याएको हो । कम्पनीका अनुसार एस्क्रो सुविधाले इ–सेवा प्रयोगकर्ताहरूलाई अर्को इ–सेवा वालेटमा सुरक्षित तरिकाले भुक्तानी गर्न अनुमति दिन्छ । कुनै पनि लेनदेन समय प्रेषक (पठाउने व्यक्ति) ले प्राप्तकर्ता (पाउने व्यक्ति) लाई पठाएको रकम प्रेषक आफैँले आफ्नो खातामा ‘होल्ड’ गरेर राख्न मिल्छ । प्राप्तकर्ताले आफ्नो दायित्व पूरा गरेपछि बल्ल प्रेषकले होल्डमा राखेको रकम प्राप्तकर्ताले पाउन मिल्ने गरी जारी गर्न मिल्छ । यो प्रयोगकर्ताले ‘सेन्ड मनी’ भन्ने फिचरको प्रयोगमा गर्न सक्छन् ।

यो सेवाको मुख्य उद्देश्य भनेको प्रेषक र प्राप्तकर्ता दुवैलाई रकम स्थानान्तरण कारोबार गर्दा आश्वासन र सुरक्षा प्रदान गर्नु हो । यो सुविधाले अपरिचित वा अज्ञात व्यक्तिलाई भुक्तानीको लागि पैसा पठाउने जोखिमहरू कम गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ । अहिले अनलाइन सपिङलगायत अनलाइन कारोबार गर्दा ग्राहकहरू ठगिने प्रवृत्ति बढेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x