Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगवाणिज्य महासंघद्वारा द्रूत बजार विश्लेषणसम्बन्धी सफ्टवेयरबारे प्रशिक्षण

वाणिज्य महासंघद्वारा द्रूत बजार विश्लेषणसम्बन्धी सफ्टवेयरबारे प्रशिक्षण


विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले श्रम बजार सूचना प्रणालीको संस्थागत विकासका लागि निर्माण गरेको द्रूत बजार विश्लेषणसम्बन्धी सफ्टवेयरका बारेमा उद्योग प्रतिष्ठानका मानव संसाधन विभाग प्रमुखलाई प्रयोगसम्बन्धी कार्यशाला सम्पन्न गरेको छ ।

कार्यशाला कार्यक्रममा प्रगति टेक्सटाइल प्रणालीका प्रबन्धक प्रदीप निरौलाले उद्योग प्रतिष्ठानको आवश्यकताअनुसार सफ्वेयरको निर्माण गर्नुपर्नेमा जोड दिए । न्युरो हस्पिटलका व्यवस्थापक नारायण विशुंखेले व्यक्तिगत सूचनाको संरक्षण हुनुपर्ने भन्दै कम्पनीबाहेक जागिरको खोजीमा भएका व्यक्तिले पनि उक्त सफ्टवेयर प्रयोगमा ल्याउन पाउने÷नपाउने प्रावधानका बारेमा प्रश्न उठेको विषयमा ध्यानाकर्षण गराएका थिए । उपहार फिड्सका हिमालय घिमिरेले सफ्टवेरमा रोजगारसम्बन्धी अपडेट भएका तथ्याङ्कहरू म्यादअवधि कतिन्जेलसम्मको रहने त्यसबारे सबैलाई जानकारी हुनुपर्ने कुुरामा जोड दिए । त्यस्तै, सुन्दरहरैचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले यो सफ्टवेयरलाई क्रमशः विकास गर्दै लानुुपर्ने सुझाव दिए ।

त्यसैगरी अरिहन्त मल्टिफाइबर्सका नारायणप्रसाद लामिछानेले यो सफ्टवेयरलाई मोबाइल एप्लिकेसनमार्फतबाट पनि प्रयोगमा ल्याउन सके अझ प्रभावकारी हुने सुझाव दिएका थिए । समृद्धि हेल्भेटासका कार्यक्रम अधिकृत पोषराज निरौलाले यो सफ्टवेरले नेपाल सरकार, निजी क्षेत्रका सरोकारवालाहरू, रोजगारदाता निकाय र रोजगारका खोजीमा रहेकाहरूलाई जोड्ने पुलको काम गर्ने बताए । खुला छलफलमा उठेका विषय वस्तुहरूको सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम)ले उद्योग प्रतिष्ठानहरूमा जनशक्ति व्यवस्थापनको माग र आपूर्तिमा रहेको बेमेललाई यस सफ्टवेयरले सम्बोधन गर्ने बताए ।

श्रम बजार सम्बन्धमा नीतिगत पैरवीको लागि तथ्यांकहरूको उपलब्ध नभई रहेको अवस्थामा नेपाल उद्योग वाणिज्य महासंघ कोशीले यो प्रयास थालेको उनले जानकारी दिए । कोशी प्रदेशमा रहेका विभिन्न औद्योगिक कोरिडोरका करिब ५० जना मानव संसाधन विभागहरूका प्रमुखहरूको उपस्थिति रहेको उक्त कार्यशालामा सुक्तास इन्कर्पोरेसन कम्पनीका तर्फबाट चिरण श्रेष्ठले सफ्टवेयरको बारेमा जानकारी दिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x