Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगस्विच अन रिटेलको न्युरोडमा चौथो सोरुम

स्विच अन रिटेलको न्युरोडमा चौथो सोरुम


काठमाडौं । मोबाइल फोन र घरायसी इलेक्ट्रोनिक्सहरूको मल्टिब्रान्ड स्टोर स्विच अन रिटेल प्रालि ले आफ्नो चौथो आउटलेट रणमुक्तेश्वर, न्युरोड, काठमाडौंमा खोलेको छ ।

कम्पनीकी प्रबन्ध निर्देशक सीमा गोल्छाले एक कार्यक्रमका बीच सो स्टोरको उद्घाटन गरेकी हुन् । कम्पनीले चालू आर्थिक वर्षमा मात्रै तीनवटा नयाँ सोरुम खोलिसकेको छ । न्युरोड आउटलेटले ग्राहकहरूलाई विभिन्न योजनाहरूजस्तै किस्ताबन्दी र एक्सचेन्ज सुविधा उपलब्ध गराउनेछ । स्टोरले किस्ता योजनाअन्तर्गत शून्य प्रतिशत ब्याज दरमा न्यूनतम प्रक्रिया पूरा गरेर सामान उपलब्ध गराउने भएको छ । यस्तै, एक्सचेन्ज सुविधाले ग्राहकहरूलाई टिभी, फ्रिज, वासिङ मेसिन, एयर कन्डिसनर वा मोबाइल फोनहरू नयाँ उत्पादनहरूमा अपग्रेड गर्न सुविधा दिने कम्पनीको दाबी छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x