Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसूचना प्रविधि नेपालबाट म्यान्मार निर्यात गर्न सम्भावित क्षेत्रबारे छलफल

सूचना प्रविधि नेपालबाट म्यान्मार निर्यात गर्न सम्भावित क्षेत्रबारे छलफल


काठमाडौं । नेपालको उदीयमान सूचना प्रविधि क्षेत्र, सफ्टवेयरको विकास र डिजिटल सेवा नेपालबाट म्यान्मार निर्यात गर्नका लागि सम्भावित क्षेत्र पहिचान गर्न दुई देशका आइटी सेक्टरका सरोकारवालाहरूबीच छलफल भएको छ ।

नेपाली राजदूतावास, याङ्गुनले हालै आयोजना गरेको ‘नेपाल–म्यानमार व्यापार सम्बन्धः सफ्टवेयर व्यवसाय प्रवर्द्धन’ कार्यक्रममा नेपालबाट हाल निर्यात भइरहेको आईटी उद्योगका बारेमा म्यान्मारका उद्योगीहरूलाई जानकारी गराइएको थियो । सो कार्यक्रममा नेपालको सूचना प्रविधि क्षेत्रमा हालमा भएको विकास, नेपाली आईटी कम्पनीहरूले उपलब्ध गराउँदै आएका विभिन्न सेवाहरूको संक्षिप्त विवरण प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा म्यानमारका लागि नेपालका राजदूत हरिश्चन्द्र घिमिरेले नेपालको बैंकिङ र फिनटेक क्षेत्रहरू आन्तरिकरूपमा विकसित तथा पूर्णरूपमा भरपर्दो रहेको उल्लेख गरे । यस्तै, उनले नेपाल सरकारले सूचना प्रविधि र सफ्टवेयर उत्पादनलाई उच्च महत्व दिएको भन्दै हालको निर्यात यूएसडी पाँच सय मिलियनबाट यूएसडी २५ बिलियन पुर्याउने लक्ष्य राखेको बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x