Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसिद्धार्थ हस्पिटालिटीको विशेष अफर

सिद्धार्थ हस्पिटालिटीको विशेष अफर


काठमाडौं । सिद्धार्थ हस्पिटालिटीले आईसीसी टी–ट्वान्टी विश्वकपको अवसरमा विशेष अफर ल्याएको छ । प्रत्येक खेलमा सबैभन्दा बढी रन बनाउने नेपाली खेलाडीको नाम सही अनुमान गर्ने दुई भाग्यशालीलाई एक रातको लागि निःशुल्क रूम तथा ब्रेकफास्ट प्रदान गर्ने सिद्धार्थ हस्पिटालिटीले जनाएको छ ।

पछिल्लो समय नेपालमा बढ्दै गएको क्रिकेटको क्रेज र नेपाली टोलीले विश्वकप खेल्न लागेको खुसियालीमा यो घोषणा गरिएको जनाइएको छ । यस विशेष अफरले नेपाली क्रिकेटप्रेमीहरूलाई खेलसँग अझ नजिक ल्याउने र खेलाडीहरूलाई पनि उत्साहित गर्ने लक्ष्य राखेको छ । यो अफरमा भाग लिन चाहनेहहरूले खेल सुहरू हुनु अगाडि आफ्नो अनुमान सिद्धार्थ हस्पिटालिटीको फेसबुक पेज तथा अन्य सोसल मिडिया पेजमार्फत पठाउन सक्नेछन् । सिद्धार्थ हस्पिटालिटिले आफ्ना सबै शाखाहहरूमा नेपाल सहभागी हुने सबै खेलहहरूमा यस्तै प्रकारको अफर राखेको हो ।

यस्तै, अन्य देशहरूको खेलमा समेत विभिन्न उपहारहरूको घोषणा गरेको छ । यस अभियानको मुख्य उद्देश्य नयाँ खेलाडीहरूलाई प्रोत्साहन प्रदान गर्नुका साथै खेलप्रेमीहरूलाई मनोरञ्जन प्रदान गर्नु रहेको बताइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x