Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनसेलको पहलमा सात हजार सात सय रूख वृक्षारोपण गरिने

एनसेलको पहलमा सात हजार सात सय रूख वृक्षारोपण गरिने


काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा एनसेल र नेपाल युवा परिषद्ले सातै प्रदेशका ७७ वटै जिल्लामा एक साथ सात हजार सात सय हरूख वृक्षारोपण गर्न सहकार्य गरेको छ । एक युवा, एक बिहरूवा अभियानको सुहरूवात गर्दै एनसेल र नेपाल युवा परिषद्को संयुक्त पहलमा आगामी असार १४ गते ‘राष्ट्रिय वृक्षारोपण दिवस २०८१’ को दिन देशभर बृहद्रूपमा वृक्षारोपण गरिने भएको हो ।

एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत नेपाल युवा परिषद्सँग गरेका समझदारी गरेको जनाएको छ । सोअनुरूप एक युवा एक बिहरूवा अभियानमा प्रत्येक जिल्लाका एक सय जना युवाले एक बिहरूवा वृक्षारोपण गर्ने छन् । यो अभियान प्रदेश तथा स्थानीय सरकारको संयुक्त सहकार्यमा गरिनेछ । वृक्षारोपण गरिएका हरेक बिहरूवाको हेरचाहको जिम्मेवारी वृक्षारोपणमा भाग लिएका युवाको हुनेछ । सामाजिक पहलअन्तर्गत एनसेलले वातावरण, स्वास्थ्य, शिक्षा, युवाहहरूको प्रतिभा विकासलगायतका विभिन्न क्षेत्रमा सहकार्य गर्दै आएको जनाएको छ ।

सरकारको राष्ट्रिय लक्ष्यलाई प्रमुख प्राथमिकतामा राखि वृक्षारोपण अभियान सञ्चालन गर्न लागिएको नेपाल युवा परिषद्का संस्थापक एवं केन्द्रीय अध्यक्ष सरोज बानियाँले बताए । एनसेलसँगको सहकार्य एवं संयुक्त आयोजनामा गर्न लागिएको कार्यक्रमले स्थानीयस्तरमा रहेका युवाहहरूलाई वातावरण संरक्षणमा जोड्दै युवाहहरूलाई सामाजिक रूपान्तरणमा समेत ऐक्यबद्वता गराउने उद्देश्य यो अभियानको रहेको उनको भनाइ छ । यसअघि नेपाल युवा परिषद्ले एनसेलसँगको सहकार्यमा पाँच वटा प्रदेशमा प्रदेश युवा सम्मेलन आयोजना गरिसकेको जनाएकोे छ ।

प्रदेश सम्मेलनमा प्रदेश तथा स्थानीयस्तरमा रहेका युवाहहरूलाई युवा उद्यमशीलता, जलवायु परिवर्तन, दिगो विकास लक्ष्य प्राप्तिमा युवाको भूमिकालगायतका विविध विषयवस्तुलाई केन्द्रविन्दुमा राखि विभिन्न विज्ञहरूको उपस्थितमा कार्यपत्र प्रस्तुत गरिएको थियो । बागमती, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोशी प्रदेशमा सम्पन्न भइसकेको उक्त सम्मेलन छिट्टै बाँकी २ प्रदेश र केन्द्रमा समेत आयोजना हुने परिषद्ले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x