Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगदमौलीमा नयाँ एनसेल सेन्टर सञ्चालनमा

दमौलीमा नयाँ एनसेल सेन्टर सञ्चालनमा


काठमाडौं । एनसेल आजियाटा लिमिटेडले दमौलीमा आफ्नो नयाँ एनसेल सेन्टरको उद्घाटन गरेको छ । कम्पनीले महर्षि चोक (एसबीआई बैंक अगाडि) ब्यास नगरपालिका–३, दमौलीमा आफ्नो नयाँ सेन्टर सञ्चालनमा ल्याएको हो ।

आफ्नो ब्राण्ड बाचा ‘आज, भोलि, सधैँसँगै’ तथा थिम ‘हामी तपाईंकै लागि’ अनुरूप स्थापना गरिएको यो नयाँ सेन्टरबाट ग्राहकहरूले सबै किसिमका ग्राहक सेवा लिन सक्छन् । एनसेलका चिफ अफ स्टाफ, अपरेसन स्टेफन रोड्रिगेजले एक कार्यक्रमका बीच बिहीबार नयाँ एनसेल सेन्टरको उद्घाटन गरेका हुन् । एनसेलका सेवा तथा सुविधाहरूका बारेमा सोधपुछ, सिम खरिद, इन्टरनेट सेटिङको जानकारीलगायत विभिन्न कर्पोरेट सेवाहरू समेत यस नयाँ सेन्टरबाट लिन सकिन्छ । यसैगरी ग्राहकहरूले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन, सिम इ–सिममा अपग्रेड गर्न, सीयुजी नम्बरहरूको आवश्यक फेरबदल गर्ने, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ सुचारु गर्ने, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्नेलगायतका ग्राहक सेवाहरू प्राप्त गर्न सक्छन् ।

नयाँ सेन्टरले आइतबारदेखि शुक्रबार हप्ताको छ दिन ग्राहकहरूलाई सेवा प्रदान गर्नेछ । यसअघि एनसेलले ट्राफिक चोक अगाडि दमौलीमा रहेको आफ्नो पुरानो एनसेल सेन्टरबाट ग्राहक सेवा प्रदान गर्दैै आएको थियो । आफ्नो ग्राहक सेवालाई अझ सहज बनाई उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न एनसेलले देशका विभिन्न भागमा ३० वटाभन्दा बढी एनसेल सेन्टरहरू सञ्चालन गर्दै आएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x