Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपालका विश्वविद्यालयहरूमा ह्वावे ‘सिड्स फर फ्युचर’ रोड सो

नेपालका विश्वविद्यालयहरूमा ह्वावे ‘सिड्स फर फ्युचर’ रोड सो


काठमाडौं । ह्वावेले नेपालका विश्वविद्यालयहरूमा आफ्नो ‘सिड्स फर ‘युचर’ रोड सो सम्पन्न गरेको छ । रोड सोले विद्यार्थीहरूलाई ‘सिड्स फर द फ्युचर’ कार्यक्रम के हो, यो नेपालमा लगायत विश्वसामु कसरी गरिन्छ भन्ने बारेमा जानकारी गराएको थियो । यस कार्यक्रममा प्राध्यापक, विभाग प्रमुख र विभिन्न संकायका विद्यार्थीहरू सहभागी थिए ।

नेपालमा आईसीटी इकोसिस्टमलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘सिड्स फर द फ्युचर नेपाल’ कार्यक्रमको भर्खरै शुभारम्भ गरेको थियो । ह्वावेले विद्यार्थीहरूलाई कार्यक्रमका बारेमा विभिन्न सत्रहरू प्रदान गर्न, यसका उद्देश्यहरूसँग उनीहरूको संलग्नता अभिवृद्धि गर्न रोड सोको सुरुवात गरेको जनाएको छ । कम्पनीले जेठ २२ गते काठमाडौं विश्वविद्यालयबाट सुरु भएको रोड सो जेठ २३ गते नेसनल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी हुँदै सोही दिन त्रिभुवन विश्वविद्यालयमा समापन भएको थियो । साथै, जेठ २७ को लागि तोकिएको ‘सिड्स फर फ्युचर’ का लागि आवेदन दिने अन्तिम म्यादसँगै विद्यार्थीहरूलाई यो अवसरको लागि आवेदन दिन प्रोफेसरहरू र सिड्सका पूर्व छात्रहरूले प्रोत्साहित गरेका थिए ।

सो अवसरमा अघिल्लो ‘सिड्स फर फ्युचर’ कार्यक्रमहरूका पूर्व विद्यार्थीहरूले विभिन्न कार्यक्रममा उपस्थित भई आवेदन प्रक्रिया, छनोट मापदण्ड र उनीहरूको अमूल्य यात्रालाई हाइलाइट गर्दै आफ्ना अनुभवहरू साटेका थिए । इच्छुक विद्यार्थीहरूले ह्वावेका प्रतिनिधिहरूसँग संलग्न हुने अवसर पाए, जहाँ आशित अधिकारीले ’सिड्स फर फ्युचर–२०२४’ को बारेमा विस्तृतरूपमा जानकारी दिएका थिए, जसले विद्यार्थीहरूलाई सिड्स फर फ्युचर’ कार्यक्रमको बारेमा थप अन्तरदृष्टि र ज्ञान प्राप्त गर्न सहयोग गरेको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x