सुस्ताएको अटोमोबाइल क्षेत्रलाई उकास्ने गरी मौद्रिक नीति ल्याउन आग्रह
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सुस्ताएको अटोमोबाइल क्षेत्रलाई उकास्ने गरी ल्याउन राष्ट्र बैकसँग आग्रह गरेको छ ।
नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वको प्रतिनिधि मण्डलले हालै राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग भेटगरी अटोमोबाइल क्षेत्रलाई समस्यामा पर्ने नीतिहरूलाई सुधार गर्न आग्रह गरेको हो । नाडाका अध्यक्ष चौधरीले खासगरी लोन टु भ्यालुको रेसियो बढाउन आग्रह गरे । हाल ५० प्रतिशतको सीमालाई बढाएर ७५ प्रतिशत पुर्याउनुपर्ने उनले बताए । यस्तो व्यवस्था भएमा मात्र अटोमोबाइल व्यवसाय गतिशील हुने उनको भनाइ थियो । त्यसैगरी उनले घरपरिवारको आम्दानी सामान्यतया घरका धेरै सदस्यहरूले प्रयोग गर्ने अर्थात् दम्पतीले सवारी साधनको रूपमा अटोलोन उधारकर्ताको चुक्ता गर्ने क्षमताको गणना गर्दा विचार गर्नुपर्ने बताए । घर जग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी चुक्ता प्रमाण पेश गरेको आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गर्नका लागि उनले उनले आग्रह गरे । यस्तै, पेट्रोल र डिजेलबाट चल्ने निजी र व्यावसायिक महत्वका सवारी साधनहरूलाई छट्याउनुपर्नेमा उनले जोड दिए ।
नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले भारतीय मालबाहक ट्रक नेपालबाट फर्किँदा नेपालबाट सामान समेत लैजाने गर्दा नेपालको ढुवानी व्यवसाय र ढुवानीका साधनहरूको बिक्रीमा ठूलो असर परिरहेको बताए । नेपालमा अटोमोबाइल कम्पोनेन्ट उद्योगहरूको प्रशस्त सम्भावना भएकोले यस्तो उद्योगहरू खोल्न सरकारले प्रोत्साहित गर्नुपर्नेमा उनले जोड दिए । साथै, उनले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको सम्बन्धमा नाडाको तर्फबाट ६ बुँदे लिखित सुझावहरू समेत प्रस्तुत गरेका थिए ।
गर्भनर अधिकारीले अटोमोबाइल व्यवसायबाट राष्ट्रलाई ठूलो राजस्व आउने गरेको भन्दै अटोमोबाइल व्यवसायलाई दिगो बनाउन, फाइनान्सियल र इकोसिस्टम सिस्टम, डेभलप गर्न र आर्थिक गतिविधि बढाउन राष्ट्र बैंक लागिरहेको बताए । यसै क्रममा अधिकारीले अटोमोबाइल मार्केट कसरी चलिरहेको छ, त्यसतर्फ विचार गर्नुपर्ने भन्दै व्यवसायलाई ठाउँमा ल्याउन राष्ट्र बैंकले प्रयास गरिरहेको जानकारी दिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- शीतल निवासमा राष्ट्रपतिसमक्ष थारू आयोगको प्रतिवेदन पेस
- पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान
- सहरी विकासमा युवाको सङ्लग्नता बढाउनु आजको आवश्यकता हो: उपप्रधानमन्त्री सिंह
- ३७ अंकले उक्लियो शेयर बजार
- पाँचखाल नगरप्रमुख खरेलद्वारा तीन वर्षको तलबभत्ता राहत कोषमा सहयोग गर्ने
- जसपा नेपालले पायो अन्तर्राष्ट्रिय सङ्गठन प्रोग्रेसिव अलान्सको सदस्यता
- दसैँ सुरु भएसँगै मानुङकोटमा पर्यटकको चहलपहल
- इरानमाथि आक्रमण गर्ने इजरायलको चेतावनी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया