Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटिकटकको मिडिया लिट्रेसी इनिसियटिभ्स सुरु

टिकटकको मिडिया लिट्रेसी इनिसियटिभ्स सुरु


काठमाडौं । टिकटकले सुरक्षित र जिम्मेवार कन्टेन्ट क्रियसनमा आफ्नो प्रतिबद्धतालाई सुदृढ गर्दै एआई ट्रान्सपरेन्सी र मिडिया लिट्रेसीमा महत्वपूर्ण प्रगतिहरूको घोषणा गरेको छ । कोयलिसन फर कन्टेन्ट प्रोभिनेन्स एण्ड अथेन्टीसिटी (सिटुपिए)सँगको सहकार्यमा विभिन्न प्लेटफर्महरूबाट अपलोड गर्दा अटोमेटिकरूपमा एआई जेनेरेटेड कन्टेन्ट (एआईजिसी) लेबल गर्न कन्टेन्ट क्रिडेन्सियल प्रविधि प्रयोग गर्ने टिकटक पहिलो भिडियो सेयरिंग प्लेटफर्म बनेको छ ।

एआई जेनेरेटेड कन्टेन्टद्वारा उत्पन्न सम्भावित चुनौतीहरू बुझ्दा टिकटकले पारदर्शिता बढाउन बलियो सिस्टम लागू गरेको छ । यस पहलमा टिकटकको स्वामित्वको एआई इफेक्टहरूसँगै एआईजिसीका सबै अटोमेटेड लेबलिङ समावेश छन् । गत वर्षकन्टेन्ट ओरिजिनको स्पष्ट बुझाइलाई बढावा दिँदै टिकटकको इनोभेटिभ लेबलिङ टुल्सबाट ३७ मिलियन भन्दा बढी क्रियटरहरूले लाभ उठाएका छन् । आफ्नो पारदर्शिताका प्रयासहरूलाई अगाडि बढाउँदै टिकटकले चाँडै नै डाउनलोड हुँदा पनि मेटाडाटा कन्टेन्टसँगै रहनेगरी आफ्ना सबै कन्टेन्टहरूमा कन्टेन्ट क्रिडेन्सियलहरू विस्तार गर्नेछ । यो सुविधाले प्रयोगकर्ता र बाह्य प्लेटफर्महरूलाई कन्टेन्टको प्रामाणिकता पुष्टि गर्न सक्षम बनाउँदै डिजिटल परिदृश्यमा पारदर्शिताको विश्वव्यापी स्ट्यान्डर्डलाई बढावा दिने जनाइएको छ । मिडियावाइज र विटनेसँगको साझेदारीमा टिकटकले मिडिया साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले शैक्षिक अभियानहरूको शृङ्खला पनि सुरु गर्दैछ ।

यी पहलहरू वास्तविक र भ्रामक एआई–जेनेरेटेड कन्टेन्टबीचको भिन्नता पहिल्याउँदै अनलाइन जानकारीको आलोचनात्मक मूल्याङ्कन गर्न प्रयोगकर्ताहरूलाई सशक्त बनाउन डिजाइन गरिएको हो ।

वर्षभरि टिकटकले मिडियावाइजसँगको सहकार्यमा युनिभर्सल मिडिया लिट्रेसीस्किललाई बढावा दिनमा केन्द्रित १२ वटा भिडियोहरूको शृङ्खला जारी गर्नेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x