Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभिभो वाई १८ नेपालमा सार्वजनिक

भिभो वाई १८ नेपालमा सार्वजनिक


काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभोले वाई १७ एस शृङ्खलाको उत्तराधिकारी भिभो वाई १८ सार्वजनिक गरेको छ । भिभो वाई १८ ले उत्कृष्ट डिजाइन, सशक्त प्रदर्शन र असाधारण क्यामेरा विशेषताहरू प्रदान गर्ने कम्पनीको दाबी छ ।

भिभो वाई १८ मा उत्कृष्ट ६+६ जीबी एक्सटेन्डेड ¥याम र १२८ जीबीको लागी इन्टर्नल स्टोरेज रहेको छ । यसले सजिलो मल्टीटास्किङ र एप्स, फाइलहरू र मल्टिमिडियाका लागि प्रशस्त स्टोरेज सुनिश्चित गर्छ । मिडियाटेक हेलिओ जी ८५ प्रोसेसरबाट सञ्चालित यो फोनले प्रयोगकर्ताहरूलाई प्रभावकारीरूपमा ल्याग–फ्रि अनुभवको मजा दिने कम्पनीको भनाइ छ । साथै, वाई १८ मा लामो समयसम्म टिक्ने पाँच हजार एमएएच क्षमताको शक्तिशाली ब्याट्री छ । आईपी ५४ रेटिङसहितको भिभो वाई १८ ले हल्का धुलो र पानीका छिटाहरू सजिलै सामना गर्न सक्छ । ९० हर्जको हाई–ब्राइटनेस आई प्रोटेक्सन स्क्रिनले तेज घाममा पनि स्पष्ट दृश्य प्रदान गर्छ भने लो ब्लु लाइट सर्टिफिकेसनले आँखा थाक्न नदिई लामो समयसम्म हेर्न आरामदायी बनाउँछ । साथै, यसमा ५० एमपी अल्ट्रा क्लियर क्यामेरा र ८ एमपी फ्रन्ट क्यामेरा रहेको छ ।

भिभो वाई १८ ले वाई १७ एसको विरासतलाई कायम राख्दै दुई विशिष्ट रंग भेरियन्टहरूः मोचा ब्राउन र वेभ एक्वामा एक शानदार डिजाइन प्रदान गरेको छ । यो फोनको मूल्य नेपालमा १७ हजार नौ सय ९९ रुपैयाँ मात्रै तोकिएको छ । यो फोन नेपालभरिका सबै रिटेल स्टोरहरूमा र दराज अनलाइनमार्फत खरिदका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ । भिभो वाइ ०३ को अपार सफलता र प्रयोगकर्ताहरूको ¥याम र क्यामेराप्रतिको बढ्दो आकर्षणको कारण यो फोन ल्याइएको कम्पनीको भनाइ छ । भिभो वाइ ०३ जुन १, २०२४ मा १४ हजार चार सय ९९ रुपैयाँमा सार्वजनिक गरिएको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x