Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगट्रेडिङ कारोबारका फर्मको कारोबारमाथि आन्तरिक राजस्वको निगरानी

ट्रेडिङ कारोबारका फर्मको कारोबारमाथि आन्तरिक राजस्वको निगरानी


विराटनगर । सुनसरी मोरङ औद्योगिक कोरिडोरमा उद्योग सञ्चालन गर्दै आएका एक उद्योगीले २०६७ सालदेखि नै ट्रेडिङको व्यावसायिक कारोबार गरेर राजस्व छली गर्ने गरेको पाइएको छ । विराटनगरको व्यवसायी सारडा समूह ट्रेडिङ कारोबारमा सक्रिय बन्दै आएको खुलेको हो ।

साथै, आर्थिक वर्ष समापन हुुँदै लाग्दा सो समूहमाथि सरकारी निकायको निगरानीमा समेत परेको छ । आन्तरिक राजस्व कार्यालयले सारडाको कारोबारमाथि छानबिन गरेपछि मात्रै उनको ट्रेडिङको कारोबार छताछुल्ल बन्न पुगेको हो । स्रोतले दिएको जानकारीअनुसार २०६७ सालमा नै आन्तरिक राजस्व कार्यालय विराटनगरमा जेएमडी एक्सिम नामको ट्रेडिङ फर्म ३०४३९५१८९ भ्याट नम्बरमा अनिल सारडाको नामबाट दर्ता कायम भइ कारोबार गरेको देखिन आएको छ । भारत तथा तेस्रो मुलुकबाट गाडीमा प्रयोग हुने विभिन्न ब्राण्डका ट्युब र टायर आयात गर्ने सो फर्मले न्यून राजस्व बुुझाएपछि आन्तरिक राजस्व कार्यालय विराटनगरले छानबिन थालेको थियो । सो फर्म एक महिना यतादेखि निगरानीमा रहेको स्रोतले जानकारी दिएको छ ।

उद्योगी सारडाले आफ्नो नामको फर्मबाट भएको कारोबारका सम्बन्धमा आन्तरिक राजस्व कार्यालयबाट फुलअडिटसहित सिबाय समेत गरेर क्लिनचिट लिने प्रयास गरेको पनि स्रोतको दाबी छ । तर उद्योगी सारडाको उक्त प्रयास सफल नभएको बताइएको छ । आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत डा डीवी क्षेत्री जेठ २९ गतेदेखि उमेर हदबाट अनिवार्य अवकाशमा जाने निश्चित भएको अवस्थामा विवादास्पद फाइल अगाडि नबढाउन निर्देशन दिएका कारण उद्योगी सारडाको उक्त फायल रोकिएको हो । आन्तरिक राजस्व कार्यालय विराटनगरको अडिट शाखामा कार्यरत कर अधिकृतले उद्योगी सारडाको उक्त ट्रेडिङ कारोबारको फाइल अगाडि बढाउन धेरै प्रयास गरेका थिए ।

यस्तै, एउटा ट्रेडिङ फर्मको कारोबार अनुसन्धान हुुँदै गर्दा सारडा समूहकै अनिल सारडाले अर्को एसिएन इम्पेक्स नामको ट्रेडिङ फर्म पनि दर्ता गरी मोटरपार्टसदेखि बल ब्यारिङ समेत आयात गर्दै आएको पनि खुलेको छ । उक्त ट्रेडिङ फर्म पनि आन्तरिक राजस्व कार्यालय विराटनगरमा नै ६०३९२६३०७ भ्याट नम्बरमा २०७२ सालमा दर्ता भई कारोबार गर्ने गरेका दाबी राजस्व स्रोतले गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x