Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठअटो बजारनाडा अटो सो भदौ ११ गतेदेखि

नाडा अटो सो भदौ ११ गतेदेखि


काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आगामी भदौमा १६औँ संस्करणको नाडा अटोसो आयोजना गर्ने भएको छ । काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा भदौ ११ देखि १६ गतेसम्म सो प्रदर्शनी आयोजना हुने नाडाले जनाएको छ ।

सवारी साधन, पार्टपुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघसंस्थाहरूले सो प्रदर्शनीमा सहभागिता जनाउने छन् । साथै, नाडाले सो प्रदर्शनीको लागि जेठ ३१ गतेदेखि असार ५ गतेसम्म स्टल बुकिङका लागि रजिस्ट्रेशन खुला गरेको छ । प्रदर्शनीमा भाग लिनेसम्बन्धी गरिएको सर्वेक्षणको आधारमा स्टलका लागि अत्याधिक माग भएकाले विगतका संस्करणहरू जस्तै यस वर्ष पनि गोलाप्रथाद्वारा नै स्टल उपलब्ध गराइने भएको नाडाले जनाएको छ । प्रदर्शनीमा २–पाङ्ग्रे, ३–पाङ्ग्रे, ४–पाङ्ग्रे, लाइट कमर्सियल, वित्तीय संस्था, अटो कम्पोनेन्टस एवं ग्यारेज उपकरणहरूलाई समूहअनुसार छुट्टाइएको हुँदा सोहीअनुरूप रजिस्ट्रेसन गर्न मिल्ने व्यवस्था मिलाइएको छ ।

नाडा अटो सो समितिका संयोजक अनुपकुमार बरालका अनुसार अर्थतन्त्रमा राजस्व संकलन र रोजगारी सिर्जनाका लागि विशेष योगदान पुर्याउँदै आइरहेको सवारी साधन क्षेत्रमा संलग्न उद्योगी, व्यापारी, उद्यमी, कर्मचारी एवं आम उपभोक्ताहरूलाई यस प्रदर्शनीले सकारात्मक ऊर्जा एवं नवीनतम प्रविधिहरूको साक्षात्कार गराउने छ ।


क्याटेगोरी : अटो बजार, कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x