Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसुर्खेतको बुलबुले तालमा मोटरबोट सुरुवात

सुर्खेतको बुलबुले तालमा मोटरबोट सुरुवात


काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा रहेको बुलबुले तालमा सञ्चालित मोटरबोटको एक कार्यक्रमका बीच औपचारिक शुभारम्भ गरिएको छ । गत वैशाख १२ गतेदेखि परीक्षणका रूपमा सञ्चालन गरिएको मोटरबोटको कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले औपचारिक शुभारम्भ गरेका हुन् ।

मुख्यमन्त्री कँडेलले कर्णालीको विकासमा पर्यटन क्षेत्रको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै प्रदेश सरकारले मोटरबोट सञ्चालनका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘प्रदेशको विकासका लागि कृषि क्षेत्रको व्यावसायिकीकरण, घरेलु उद्योग र पर्यटन नै हो, बोटेबोरा कम्पनीले यहाँ मोटरबोट सञ्चालन गरेपछि पर्यटकीय गतिविधि पनि बढेको छ । प्रदेश सरकारले आगामी दिनमा सक्दो सहयोग गर्नेछ ।’ उनले प्रदेशमा निजी क्षेत्रको लगानी अझ बढ्नुपर्नेमा पनि जोड दिए । सो अवसरमा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया भण्डारी (ढकाल)ले बुलबुले तालमा मोटरबोट सञ्चालनमा आएपछि यहाँको आर्थिक गतिविधि बढेको बताइन् । उनले विगतमा दैनिक मुस्किलले दुई हजार रुपैयाँ राजस्व संकलन हुने गरेकोमा अहिले दैनिक ४० हजार रुपैयाँसम्म राजस्व संकलन भइरहेको जानकारी दिईन् । बुलबुले ताल क्षेत्रमा प्रवेशका लागि नगरपालिकाले प्रतिव्यक्ति २५ रुपैयाँ लिँदै आएको छ । प्रमुख भण्डारीले मोटरबोट सञ्चालनमा आएपछि नगरापालिकाले वार्षिक ५० लाख रुपैयाँ राजस्व संकलन गर्ने अवस्था आएको बताईन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x